PahiloPost

May 24, 2026 | १० जेठ २०८३

नयाँ साल, नयाँ ज्याेती

नयाँ साल, नयाँ ज्याेती

समर्थ रञ्जित/पहिलोपोस्ट


सन् २०१६ को प्रारम्भ छिमेकी मुलुक भारतको नाकाबन्दीकाे मारबाट शुरु भयाे। वर्षको अन्त्य संसद बन्दबाट। मधेस आन्दोलन,कैलालीको टिकापुरको अाङ सिरिङ बनाउने घटना पनि सन् २०१६ मा ब्यहोर्नुपर्यो।

तर सन् २०१६ ले दिएको एउटा विषय हो काठमाडौं उपत्यका लोडसेडिङबाट मुक्त। विद्युत प्राधिकरणले यही वर्षदेखि काठमाडौं उपत्यकालाई मात्रै होइन नेपाललाई लोडसेडिङ मुक्त बनाउने अनौपचारिक घोषणा गरेको छ। आशा गरौं सन् २०१७ ले त्यो अपेक्षा पूरा गरोस्।

संविधानको कार्यान्वयनका लागि सन्  २०१७ मा देशमा तीन वटा चुनाव हुनु पर्ने हुन्छ। आशा गरौं राजनीतिमा देखिएको यो निराशा यही तीन चुनावबाट हटुन्।

देशमा सडक विस्तार, नयाँ विद्युत आयोजनाको निर्माण, नयाँ पाँच तारे होटलहरुको निर्माण जस्ता  थुप्रै पूर्वाधार विकासका क्षेत्रमा धेरै ठाउँमा धेरै काम भैरहेका छन्। सन् २०१७ ले ती सबै क्षेत्रमा सफला मिलोस्। 

नगरकाेटबाट देखिएको सन् २०१७ को पहिलो सूर्याेदय । अ‌ंग्रेजि वर्षको पहिलो सूर्योदय हेर्न अान्तरिक र बाह्य पर्यटकको स‍‌ंख्या उल्लेख्‍य थियो ।
 


ट्रेन्डिङ पोस्ट

Ncell