PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

सन् २०१६ मा मिडिया: प्रेस स्वतन्त्रता उल्लङ्घनका २५ घटना ,३ नम्बर प्रदेशमा सबैभन्दा धेरै



पहिलोपोस्ट

सन् २०१६ मा मिडिया: प्रेस स्वतन्त्रता उल्लङ्घनका २५ घटना ,३ नम्बर प्रदेशमा सबैभन्दा धेरै

काठमाडौं : सन् २०१६ मा नेपालमा २५ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना भएका छन्। २०१६ जनवरीदेखि डिसेम्बरसम्म ११ जना पत्रकारमाथि आक्रमण, पाँच जनालाई धम्की, पाँच जना पक्राउ र चारवटा हातपातका घटना भएका छन् ।

फ्रिडम फोरमले शनिबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार यस अवधीमा ७५ जना सञ्चारकर्मी प्रभावित भए। सन् २०१५ मा ८३ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना भएका थिए । एकजना पत्रकार मारिएका थिए ।

यो वर्ष प्रदेश नं ३ मा सबैभन्दा धेरै प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना भएका छन् । सो प्रदेशमा १२ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना भए। अधिकांश सुरक्षा निकाय तथा राजनीतिक दलका स्थानीय नेता र उनीहरूका भ्रातृसंस्थाबाट प्रेस स्वतन्त्रता उल्लङ्घन भएका छन् ।

प्रदेश नं. १ मा एक, नं २ मा ६, नं ५ मा चारवटा र नं ७ मा २ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना भएका छन् भने प्रदेश नं. ४ र नं ६ मा कुनै घटना भएका छैनन् । धेरैजसो प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना आन्दोलनका समाचार सम्पे्रषण गर्ने क्रममा भएका छन् ।

प्रतिवेदनका अनुसार आर्थिक अनियमितता, भ्रष्टाचार, व्यापारिक चलखेल, आन्दोलनको रिपोर्टिङ गर्ने पत्रकार विशेषतः आक्रमणमा परेका छन् । 

फोरम प्रतिवेदन अनुसार जिल्ला विकास समिति धनुषामा भएको भ्रष्टाचार सम्बन्धी समाचार लेखेको अाधारमा न्यूज २४ टेलिभिजन,अनलाइनखवर र आर्थिक अभियान दैनिकका पत्रकार राज कमल सि‌ंहमाथी अाक्रमण भएको थियो। सि‌ंहदरवारभित्र तस्विरलि‌‌दा अनलाइनखवरका फोटो पत्रकार कविन अधिकारी कुटिएका थिए।

तस्विर:www.estonianworld.com



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell