PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

​सन् २०१६ मा ९३ सञ्चारकर्मीले ज्यान गुमाए, इराक सबैभन्दा खतरा



पहिलोपोस्ट

​सन् २०१६ मा ९३ सञ्चारकर्मीले ज्यान गुमाए, इराक सबैभन्दा खतरा

सन् २०१६ मा ९३ जना सञ्चारकर्मी मारिएका छन्। पत्रकारहरुको अन्तराष्ट्रिय संस्था अन्तराष्ट्रिय पत्रकार महासंघले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पेशागत काम गर्नेक्रममा ९३ जना सञ्चारकर्मी मारिएका छन् । गत वर्ष ११२ जना सञ्चारकर्मी मारिएका थिए।
 
यो वर्ष २ वटा विमान दुर्घटनामा २९ सञ्चारकर्मीको मृत्यु भयो। ब्राजिलका २० जना सञ्चारकर्मी विमान दुर्घटनामा मारिएका थिए भने ९ जना रसियन सञ्चारकर्मी सैनिक हवाई दुर्घटनामा परेका थिए।
 
आइएफजेको रिपोर्ट अनुसार ९३ जना सञ्चारकर्मी क्रसफायर र ताकेर गरिएको बम आक्रमणमा परेर मारिएका हुन्।
 
इराकमा सबैभन्दा धेरै १५ जना सञ्चारकर्मी मारिएका छन्। दोस्रोमा अफगानिस्तानमा १३ जना मारिए । मेक्सिकोमा ११ऽ यमनमा ८ ग्वाटेमालामा ६ सिरियामा ६ भारतमा ५ र पाकिस्तानमा ५ जना सञ्चारकर्मी मारिए।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell