PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

​इन्टरनेट प्रयोगकर्ता ८ प्रतिशत बढ्यो



पहिलोपोस्ट

​इन्टरनेट प्रयोगकर्ता ८ प्रतिशत बढ्यो

काठमाण्डौ : नेपालमा सन् २०१६ मा ८ प्रतिशत इन्टरनेट प्रयोगकर्ता बढेका छन् । गत वर्ष ४४.१ प्रतिशत ले इन्टरनेट प्रयोग गरेका थिए । फ्रिडम फोरमको अध्ययन प्रतिवेदन अनुसार २०१६ मा यो बढेर ५२.७ प्रतिशत पुगेको छ। इन्टरनेट प्रयोगकर्ता शहरी क्षेत्रमा बढि रहेको प्रतिवेदनमा उल्लेख छ।
 

के–के भए भाइरल

सन् २०१६ मा सामाजिक सञ्जालमा गोरखाकी तरकालीवाली (कुसुम श्रेष्ठ), अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्की, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, पत्रकार सुमन खरेलद्वारा कान्तिपुर टेलिभिजनमा कञ्चन शर्माको अन्तवार्ता भाइरल भयो।

फ्रिडमफोरमको प्रतिवेदन अनुसार नेतामध्ये प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक गर्नुभएको सम्पत्ति विवरण, पूर्वप्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री हुँदा घोषणा गरेको हावाबाट बिजुली निकाल्ने र घरघरमा ग्यास पाइपलाइन पुर्‌याउने दावी भाइरल बनेको थियो।

तस्विर : www.smarterware.org



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell