PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

मानव अधिकार आयोगकी प्रवक्ताको दावी : मानवअधिकार उल्लङ्घनकर्ताको नाम छिट्टै सार्वजनिक गर्छौ



पहिलोपोस्ट

मानव अधिकार आयोगकी प्रवक्ताको दावी : मानवअधिकार उल्लङ्घनकर्ताको नाम छिट्टै सार्वजनिक गर्छौ

नेपालगन्ज : राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले मानवअधिकार उल्लङ्घनकर्ताको नाम छिट्टै सार्वजनिक गर्ने बताएकी छिन्।

आयोगको क्षेत्रीय कार्यालय, नेपालगन्जमा आयोजित कार्यत्क्रममा उनले मानवअधिकार उल्लङ्घनकर्ताको सूची आयोगसँग रहेको बताउँदै नाम छिट्टै सार्वजनिक गर्ने बताए पनि उनले कहिले सार्वजिनक गर्ने समय खुलाइनन्।

उनले नेपालको पछिल्लो मानवअधिकारको अवस्था चुनौतीपूर्ण रहेको बताइन्। अन्यौलपूर्ण राजनीतिक अवस्थाका कारण आम नागरिक उकुसमुकुसको अवस्थामा रहेको र मानवअधिकारको अवस्था झन् जटिल बन्दै गएको उनले विश्लेषण गरिन्।

मानवअधिकार उल्लङ्घनमा परेका नागरिकलाई न्याय दिलाउन र दोषीमाथि कारबाही गर्न आयोगले सरकारलाई सिफारिस गरेको फाइलबारे समयमा छिनोफानो नहुँदा नागरिकमा आयोगप्रति वितृष्णा उत्पन्न हुन थालेको उनले बताइन्।

मानवअधिकार संरक्षण एवम् सम्वद्र्धनमा राष्ट्रिय संयन्त्रहरू प्रभावकारी नभएका कारणले नै सरकार र जनताबीचको दुरी बढ्ने गरेको  र यो सुखद पक्ष नरेहको उनको निष्कर्ष थियो।
राससको सहयोगमा
 तस्विर : www.fewanews.com



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell