PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

​प्रिमियर लिग : चेल्सीको लगातार १३ औं जित, आर्सनलको कीर्तिमान बराबर



पहिलोपोस्ट

​प्रिमियर लिग : चेल्सीको लगातार १३ औं जित, आर्सनलको कीर्तिमान बराबर

नयाँ वर्ष २०१७ सुरु हुनु अघि चेल्सीले प्रिमियर लिगमा लगातार १३ औं खेल जित्दै आर्सनलको कीर्तिमान बराबर गरेको छ। 

प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा लिग लिडर चेल्सीले स्टोक सिटीलाई ४-२ ले पराजित गरेको हो। सन् २००१/०२ को सिजनमा अार्सनलले पनि लगातार १३ खेल जितेको थियो।

चेल्सीको जितमा विलियनले २ गोल गरे भने डिएगो कोस्टा र कप्ता नगायरी काहिलले १/१ गोल गरे। स्टोकका लागि पिटर क्राउच र मार्टिन इन्डीले १/१ गोल फर्काए। 

जितसँगै चेल्सीले प्रिमियर लिगको आधा खेल सकिँदा ४९ अंक जोड्दै नयाँ वर्षमा पनि अग्रता कायमै राखेको छ। चेल्सीले १९ खेलमधये १६ खेल जित्दा १ मा बराबरी र २ मा हारको नजिता निकालेको थियो।

यस्तै एन्टोनी मार्टियस र पउल पोग्वाले अन्तिम ५ मिनेटमा दुई गोल गरेपछि म्यानचेष्टर युनाईटेडले मिडल्स्ब्रोलाई २-१ ले पराजित गरेको छ। 

लिग अन्तर्गत शनिबारै सम्पन्न अन्य खेलमा बर्नलेले सण्डरल्याण्डलाई ४-१, लेस्टरले वेष्टहमलाई १-०, वेष्टब्रोमले साउथहयाम्पटनलाई २-१ र एएफसी बर्नमाउथले स्वान्सी सिटीलाई ३-० ले पराजित गरेको छ। 

अहिले दोस्रो र तेस्रो स्थानमा रहेका लिभरपुल र म्यानचेष्टर सिटीको खेल भइरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell