PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

​साफ महिला च्याम्पियनसिप : नेपालले सेमिफाइनलमै भारतसँग प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

​साफ महिला च्याम्पियनसिप : नेपालले सेमिफाइनलमै भारतसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं : पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित सिलगुढी पुगेको नेपाली राष्ट्रिय महिला टोलीले चिपरिचित प्रतिद्वन्दी भारतसँग सेमिफाइनलमै प्रतिस्पर्धा गर्ने भएको छ। 

समूह बी को अन्तिम खेलमा भारतले बंगलादेशसँग गोलरहित बराबरी खेलेपछि नेपालले भारतसँग खेल्ने पक्का भएको हो। बराबरीपछि भारत गोल अन्तरका आधारमा समूह बी को उपविजेता बन्यो भने बंगलादेश विजेता बन्यो। यसअघि नै दुवै खेल हारिसकेको अफगानिस्तान भने बाहिरिसकेको छ। भारतले अफगानिस्तानलाई ५-१ ले पराजित गरेको थियो भने बंगलादेशले अफगानिस्तानलाई ६-० ले हराएको थियो।

यता नेपाल भने समूह चरणको तीन वटै खेल जित्दै समूह ए को विजेता बनेको हो।

नेपालले पहिलो खेलमा भुटानलाई ८-०, दोस्रो खेलमा माल्दिभ्सलाई ९-० र तेस्रो खेलमा श्रीलंकालाई १-० ले पराजित गरेको थियो।
अब नेपालको असली परिक्षा भारतसँग हुनेछ। नेपालले अहिलेसम्म कुनै पनि प्रतियोगितामा भारतलाई हराउन सकेको छैन भने साफ च्याम्पियनसिपको पनि तीनवटै संस्करणमा नेपाल भारतसँग हार्दै उपविजेता बनेको थियो। 

नेपाल र भारतबीच पहिलो सेमिफाइनल सोमबार हुनेछ। यस्तै समूह ए को उपविजेता बनेको माल्दिभ्सले दोस्रो सेमिफाइनलमा मंगलबार बंगलादेशसँग खेल्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell