PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

सन् २०१६ का १० घटना : नाकाबन्दीको मारदेखी कुलमानको सरप्राइजसम्म



पहिलोपोस्ट

सन् २०१६ का १० घटना : नाकाबन्दीको मारदेखी कुलमानको सरप्राइजसम्म

काठमाडौं : सन् २०१६ को प्रारम्भ छिमेकी मुलुक भारतको नाकाबन्दीकाे मारबाट शुरु भयाे । वर्षको अन्त्य संसद बन्दवाट भयाे । मधेस आन्दोलन,कैलालीको टिकापुरको अाङ सिरिङ बनाउने घटना ब्यहोर्नुपर्यो यही वर्ष । यस्ता छन् सन् २०१६ १० घटना :

१. नाकाबन्दीको मार

भुकम्पको पिडा हट्न नपाउँदै नाकाबन्दीको अर्को मार आइलाग्यो ।  सन् २०१६ नाकाबन्दीको मारसँगै शुरु भएको थियो । संविधान सभाबाट संविधान जारी भएसंगै असन्तुष्ट बनेको छिमेकी मुलुक भारतले अघोषित नाकाबन्दी लगायो । नाकाको अवरोध हट्यो तर संविधानमाथीको अवरोध अझै जारी छ।

२. ५८ नेपालीको ज्यान गयो

संविधानमा असहमती जनाउँदै मधेस झरेको मधेसी मोर्चाले नेपाल भारत नाका केन्द्रित आन्दोलन अगाडि बढायो । मधेसमा आन्दोलन चर्किदा आन्दोलनकारी र सुरक्षाकर्मी सहित ५८ जनाको ज्यान गयो । कैलालीको टिकापुरमा प्रर्दशनकारीको आक्रमणबाट नेपाल प्रहरीको एसपी, सशस्त्रका प्रहरी र नावालक सहित ९ जनाको ज्यान गयो । 

३. चीनको चर्चामात्रै, भारतका राष्ट्रपति आए

वर्षको प्रारम्भ चिनिया राष्ट्रपति सि जिनपिगं नेपाल आउने चर्चा भएको थियो । वर्षको अन्त्यसम्म यो चर्चा जारीनै रह्यो । तर भ्रमण टुंगो लागेन । चीनका राष्ट्रपतिको नेपाल भ्रमण चर्चामै समेटिए पनि भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आए । 

४. सुशिल र अम्बरको विदाई

पार्टी सभापतिमा पुन उम्मेदवारी दिने तयारीमा सक्रिय रहेका  नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशिल कोइरालाको निधन भयो । फोक्सो र जिब्रोको क्यान्सर र निमोनियासँग जुध्दै आएका उनको अस्पताल नपुगी महाराजगञ्जको घरमै निधन भएको थियो । 
यही वर्ष गीत, संगीत र गायन तीनै विधामा निपूर्ण नेपाली संगीतका अभिभावक अम्बर गुरुगंको निधन भयो । 

५. ह्यारीले ल्याएको राहत

बेलायतका राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेबिट ह्यारी नेपाल भ्रमणमा आए । भुकम्पले थिलथिलो समयमा भएको उनको भ्रमणले नेपालबारे अन्तराष्ट्रिय सञ्चारमाध्यममार्फत सकारात्मक सन्देश प्रभाव भयो । 

६. राष्ट्रवादको राजनीति

संविधान जारी भएसँगै बनेको एमाले–माओवादी केन्द्रको गठबन्धन टुट्यो र कांग्रेससँग मिलेर सरकार गठन गर्दै पुष्पकमल  दाहाल प्रचण्ड प्रधानमन्त्री बने । सरकार फेरिए पनि राजनीतिक सकस फेरिएन । 
सत्ताबाट बाहिरिएको एमाले सत्ताधारीविरुद्ध कडा बन्दै गयो । सन् २०१६ को समाप्ती भए पनि राजनीतिक अन्यौलको अन्त्य भने भएन । सन् २०१६ मा राजनीतिमा राष्ट्रवादले प्रवेश पायो । संविधान संशोधनको सकस सन् २०१७ मा सर्यो ।

७. अनशन सिक्वेल निरन्तर

चिकित्सा क्षेत्रको सुधारका लागि अनसन मार्फत सरकारलाई दवाव दिँदै आएका डा गोविन्द केसीको अनशनकोक्रम सन् २०१६ मा जारीनै रहे । 

८. लोकमानलाई झड्का

एमाले र माओवादी केन्द्रको पहलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता भयो । अदालतमा कार्कीविरुद्ध योग्यताको मुद्धा चलिरहेकै बेला सत्ताधारी र प्रमुख प्रतिपक्षी दल मिलेर महाअभियोग प्रस्ताव दर्ता गरे पनि एमालेको निरन्तर संसद अवरोध गर्दा प्रस्ताव अलपत्र परेको छ । 

९. कुलमानको गिफ्ट

लोडसेडिगंको मार खेप्दै आएका उपत्यकावासीले वर्षको अन्त्यतिर २४ सैं घन्टा बत्ति बाल्न पाए । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङ आए लगत्तै चमत्कारीक सुधार देखियो । 

१०. अपत्यारिलो सम्पत्ति विवरण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डले एक कट्ठा जग्गा र तीन तोला सुनको सम्पत्ति विवरण चर्चामा आयो । प्रचण्डको सम्पत्ति विवरण न्युनदेखिएको भन्दै आलोचना भयो । गृहमन्त्रि विमलेन्द्र निधि लगायतकाको सम्पत्ति विवरण बढी देखियो भन्दै छानविनको माग भएको थियो ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell