PahiloPost

May 24, 2026 | १० जेठ २०८३

'न्यु इएर इभ'मा अन्नपूर्णमा झुमे पारस

'न्यु इएर इभ'मा अन्नपूर्णमा झुमे पारस

समर्थ रञ्जित/पहिलोपोस्ट


अ‌ग्रेजी नयाँ वर्षको रङमा काठमाडौ‌ पुरै झुम्यो। दरवारमार्ग, ठमेलका रेष्टुरेन्ट, पव, होटल भरिभराउ रहे। नयाँ वर्षको स्वागतका लागी पूर्व युवराज पारस शाह अन्नपूर्ण हाेटलमा १९७४ एडीको स‌गीतमा मग्न भेटिए।

त्यसो त पारसको परिवार क्रिसममा पनि लाजिम्पाटको त्रिसरा, दरवारमागर्गको अन्नपूर्ण र मेजेमा भेटिएको थियो। त्यतिवेला पारससँगै पूर्वाराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल र पारसका दिदीबिहनी र छोराछोरी साथमा थिए। 

तर शनिवार रात भने पारसको परिवार अन्नपूर्णमा भेटिएन्। उनीहरु छुट्टि मनाउन बैंकक गएका कारण पारस त्यहाँ एक्लै पुगेका थिए। 

नयाँ वर्षको स्वागतको प्रतिक्षामा रहेकाहरुका लागी स्थानीय प्रशासनले ठमेल, दरवारमार्ग क्षेत्रका होटल विहान २ वजेसम्म खोल्ने अनुमती दिएको छ। २०१६ को विदाई र सन् २०१७ को स्वागतमा दरवारमार्ग क्षेत्रको माहौल कस्तो थियो।


ट्रेन्डिङ पोस्ट

Ncell