PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

​प्रिमियर लिग : लिभरपुलले म्यानचेष्टर सिटीलाई हरायो



पहिलोपोस्ट

​प्रिमियर लिग : लिभरपुलले म्यानचेष्टर सिटीलाई हरायो

प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा लिभरपुलले म्यानचेष्टर सिटीलाई १-० ले पराजित गरेको छ। घरेलु मैदानमा एनफिल्डमा भएको खेलमा भिरपुललाई ३ अंक दिलाउन जर्जिनिओ विजनाल्डमले एक मात्र गोल गरे। 

आठौं मिनेटमै विज्नाल्डमले एडम लालानाको पासमा गरेको हेड गोल नै लिभरपुलको जितमा निर्णायक बन्यो।

जितपछि १९ खेलबाट ४३ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ। लिभरपुलले तेस्रो स्थानमा रहेको सिटीलाई ४ अंकले पछि पारेको छ भने भने शीर्ष स्थानको चेल्सीभन्दा ६ अंकले पछि छ। 

लगातार १३ प्रिमियर लिग खेल जित्दै आर्सनलको कीर्तिमान बराबरी गरेको चेल्सी आधा खेल सकिँदा ४९ अंकका साथ शीर्ष स्थानमा छ।

१९ औं चरणको अन्तिम दुई खेल हुँदैछन्। जसमा चौथो स्थानको आर्सनलले क्रिस्टल प्यालेससँग घरेलु मैदानमा खेल्नेछ भने पाँचौ स्थानको टोटनहमले वाटफोर्डको भ्रमण गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell