PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

काँग्रेस सिरहाको सभापतिमा सांसद यादव विजयी



पहिलोपोस्ट

लहान : नेपाली काँग्रेस सिरहाको सभापतिमा सिरहा क्षेत्र नं ४ का सांसद रामचन्द्र यादव विजयी भएका छन्। 

गएराति सम्पन्न मतगणनाअनुसार सांसद यादवले प्रतिद्वन्द्वी नरेशकुमार यादवलाई २०८ मत अन्तरले पराजित गर्दै विजय भएका हुन्।
 
सांसद यादवले ५६९ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी नरेशकुमार यादवले ३६१ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता देवेन्द्र कोइरालाले जानकारी दिनुभयो । 

सभापतिमा विजयी हुनुभएका सांसद यादव पार्टी सभापति शेरबहादुर देउवा निकट हुन्। प्रतिद्वन्द्वी नरेशकुमार यादव पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन्। 

गत शुक्रबार भएको निर्वाचनमा सभापति पदका तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि सभापति पदका लागि पुनः शनिवार निर्वाचन भएको थियो । 

यस्तै सांसद यादव प्यानलकै उपेन्द्रकुमार यादवले ५५८ मत प्राप्त गरी पार्टीको सचिव पदमा विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी रामकुमार यादवले ३०३ मत प्राप्त गरे। 

पार्टी कोषाध्यक्षमा पनि सांसद यादव प्यानलकै सूर्यनारायण मण्डलले ४८९ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी कपलेश्वर साहले २६८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell