
टर्कीको इस्तानबुलस्थित एक रात्रि क्लबमा भएको हतियारधारी आक्रमणकारीको आक्रमणमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।
आक्रमण अन्य ४० जना घाइते भएका छन् । मृत्यु हुनेमा एक प्रहरी अधिकारी समेत छन्। टर्कीका सुरक्षा अधिकारीहरुले घटना बिद्रोही संगठन आइएसले गरेको बताएका छन्।
बिबिसीका अनुसार सान्टा क्लजको पोशाकमा रहेका आक्रमणकारीले रेयना नामक रात्रि क्लबमा आक्रमण गरेका हुन् । क्लबभित्र आक्रमण भएपछि भागदौड मच्चिएको थियो । आक्रमणको समयमा नयाँ बर्ष मनाइरहेका करिव ७०० मानिस उक्त क्लबमा रहेका थिए।
अन्धाधुन्ध गोली चलेपछि भागदौड मच्चिएको थियो । गत महिना भएको आक्रमणकारीको हमलापछि उक्त शहरमा पुनः हमला हुन सक्ने आशंकामा १७ हजार सुरक्षाकर्मी परिचालन गरिएको स्थानीय अधिकारीहरुको भनाई छ।
गत फेब्रुअरी १७ देखि यो घटनासहित टर्कीमा आतंककारी हमलाका सात घटना घटेका छन् । गत डिसेम्बर १० मा इस्तानबुलको फुटबल रंगशालामा भएको आक्रमणमा ४४ जनाको मृत्यु भएको थियो । डिसेम्वरमा नै एक सार्वजनिक कार्यक्रममा टर्कीका लागि रसियाका राजदूतको पनि गोली हानी हत्या भएको थियो।