PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

​जंगलमा भेटिए दुईवटा शिशुका शव



पहिलोपोस्ट

धनगढी : कैलालीको अत्तरिया नगरपालिकाको चाहना सामुदायिक वन क्षेत्रमा शनिबार साँझ दुईवटा शिशुको शव फेला परेको छ। 

इलाका प्रहरी कार्यालय, मालाखेतीका अनुसार प्रहरी टोलीले खाल्डोमा गाडेको अवस्थामा दुई बालिका शिशुको शव फेला परेको जनाएको छ। 
स्थानीयवासीले जंगलमा शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि सेती अञ्चल अस्पताल, धनगढीमा राखिएको छ।  प्रहरीले घटनाको अनुसन्धान थालेको छ । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell