
काठमाडौं : घरमै बसिरहेको बेला मोटरसाइकलमा आएका तीन जनाले उठाएर लगेका १५ वर्षका राजन मर्हजनलाई प्रहरीले उद्धार गरेको छ।
ताकेश्वर नगरपालिका–१९ बस्ने महर्जनलाई उनकै घरमा बसिरहेको अवस्थामा तीन जना युवाले जबर्जस्ती उठाएर लगेका थिए।
बा ८० प ९९९७ नम्बरको मोटरसाइकल र बा ७० प ८६०३ नम्बरको स्कुटीमा आएका व्यक्तिले उनलाई जबरजस्ती उठाई लगेपछि महानगरीय प्रहरी बृत्त बालाजुले खोजी शुरु गरेको थियो । बृत्तबाट खटिएको प्रहरीले टोलीले उनलाई तार्केश्वर–१९ शान्तिनगरमा फेला पारेको थियो ।
प्रहरीले महर्जनलाई जर्वजस्ती उठाएको आरोपमा म्याग्दी, अर्मल–३ का २६ वर्षीय विश्वास शेरचन, २५ वर्षीय दिपक पुन र म्याग्दी लम्सुन–४ का २४ वर्षीय देवान गौचनलाई पक्राउ गरेको छ ।
तस्विर : cdn.inquisitr.com