PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

अगुल्टो प्रहारबाट मृत्यु



पहिलोपोस्ट

पाँचथर : अगुल्टो प्रहारबाट पाँचथर नाँगिनका एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा नाँगिन–८ भोट गाउँ बस्ने ६४ वर्षीय डालमु शेर्पा रहेका छन्। 

गएराति सामान्य विवादमा झगडा हुँदा स्थानीय १८ वर्षीय आकाश शेर्पाले अगुल्टोले डालमुको टाउकोमा प्रहार गरेका थिए। 

अगुल्टो प्रहारबाट गम्भीर घाइते भएका शेर्पाको उपचारका क्रममा घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले बताए। 

अगुल्टो प्रहार गर्ने आकाशलाई प्रहरी चौकी नाँगिनले नियन्त्रणमा लिएको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell