PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

प्रहरीमाथि नै पोलिग्राफ परीक्षण : ५० को परीक्षणमा २४ पास, २६ फेल



सविन ढकाल

प्रहरीमाथि नै पोलिग्राफ परीक्षण : ५० को परीक्षणमा २४ पास, २६ फेल

काठमाडौं : अभियुक्तले बयानमा ढाँटे कि भनेर वैज्ञानिक परीक्षणका लागी नेपाल प्रहरीले भित्र्याएको पोलिग्राफ परीक्षण प्रविधी केही प्रहरीका लागी सकस बनेको छ। संगठनले विभिन्न अपराधका अभियुक्तमाथी मात्रै हैन, संगठनका सदस्यको समेत पोलिग्राफ परीक्षण गर्न थालेको हो।

संगठनले भ्रष्टाचार, लेनदेन र विभागीय कारवाहीमा अनुसन्धानमा तानिएका प्रहरी कर्मचारीको पोलिग्राफ परीक्षण गर्ने गरेको छ। तीन वर्षको बिचमा ५० प्रहरी कर्मचारीमाथी पोलिग्राफ परिक्षण भइसकेको छ।

पोलिग्राफ निर्देशिका २०७० मै आन्तरिक तथा कारवाही अनुसन्धानमा कुनै पनि प्रहरी कर्मचारीलाई विभागीय कारवाही र स्वयम आफैँले पोलिग्राफ परीक्षण गराई पाउँ भनि निवेदन दिएको आधारमा पोलिग्राफ परीक्षण लिन सकिने प्रावधान छ।

विभागीय कारवाही, भष्ट्राचार, घुस र निसवत लिएको लगायत विषयमा परेको उजुरीमा ५० जनाको पोलिग्राफ परीक्षण गरिएको नेपाल प्रहरीका सहायक प्रवक्ता एसएसपी ठाकुर प्रसाद ज्ञवालीले बताए।

प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार २०७० साल माघ २३ गतेबाट पोलिग्राफ परीक्षण गर्न शुरु गरेको हो। तीनवर्षको अवधिमा संगठनका ५० कर्मचारीमाथी पोलिग्राफ परीक्षण भइसकेको छ।

पोलिग्राफ परीक्षणमा २४ जना पास भएका थिए भने २६ जनाको परीक्षणमा फेल भएका थिए।

ट्राफिक प्रहरीलाई पोलिग्राफ

पोलिग्राफ परीक्षणमा पर्नेमा ७ जना ट्राफिक प्रहरी समेत छन्। सवारी चालकसंग रकम लिएको आरोपमा उनीहरुको पोलिग्राफ परीक्षण गरेको हो।

महाशाखाका एसपी लोकन्द्रबहादुर मल्लका अनुसार कुनै ट्राफिक प्रहरीले सडकमा नराम्रो व्यवहार गरेको उजुरी पर्‌यो र आरोपीले अस्वीकार गरेमा पोलिग्राफ परीक्षण गराउने गरिएको छ। 
 

तीन वर्षमा १३ सय १४ को परीक्षण

तीन वर्षको बिचमा प्रहरीले जघन्य अपराधदेखि सामान्य चोरीका घटनाका १ हजार ३ सय १४ जनाको पोलिग्राफ परीक्षण गरिसकेको छ। पोलिग्राफ परीक्षणमा ९० प्रतिशत सफलता मिलेको पोलिग्राफ परीक्षण शाखाका प्रमुख गणेश श्रेष्ठले बताए।

आर्थिक वर्ष २०७०/७१ प्रहरीले २ सय २५ जनाको पोलिग्राफ परीक्षण गरेको थियो। आर्थिक वर्ष २०७१/७२ मा ४ सय ६७ पुग्यो। २०७२/७३ मा ३ सय ३३ र चालु आर्थिक वर्षको पा“च महिनामा मात्र    २ सय ८९ जनाको पोलिग्राफ परीक्षण भइसकेको छ।

परीक्षणमा ६ सय बटा झुट बोलेको, ६ सय ३८ बटा झुट नबोलेको र ९७ वटा  निर्णयविहिन भएको थियो।

कर्तव्य ज्यान देखि मानिस हराएको सम्म पोलिग्राफ


तीन वर्षमा गरिएको पोलिग्राफ परीक्षणमा सबैभन्दा बढी हत्या सम्बन्धी अभियुक्त छन्। गत साउनसम्म प्रहरीले ५ सय ४१ हत्याका आरोपीको पोलिग्राफ परीक्षण गरेको थियो। दोस्रोमा चोरीका अभियुक्त छन्। हालसम्म १ सय ९१ जना चोरीका अभियुक्तको पोलिग्राफ परीक्षण भएको छ।

जनाले गर्न मानेनन् पोलिग्राफ

अपराधको अनुसन्धानको क्रममा झुटो बयान दिएको शंका लागे पोलिग्राफ परीक्षण गर्ने गरिए पनि यो अनिवार्य भने छैन। विभिन्न अनुसन्धानमा झुटो वा साँचो भन्ने पत्ता लगाउन गरिने पोलिग्राफ परीक्षण दिन अहिलेसम्म ५ जनाले अस्वीकार गरेका छन्।

नेकपा माओवादी केन्द्रका सांसद ल्हारक्याल लामा, डिएसपी दयानिधि ज्ञवाली र मध्यपश्चिमाञ्चल कार्यलयका बासुदेव गजुरेल लगायत अन्य दुई जनाले अस्वीकार गरेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell