PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

​'न्यु इएर इभ'मा आएको भारतीय प्रधानमन्त्री मोदीको भाषण जमेन, राजनीतिक बयान मात्र



पहिलोपोस्ट

​'न्यु इएर इभ'मा आएको भारतीय प्रधानमन्त्री मोदीको भाषण जमेन, राजनीतिक बयान मात्र

एमके वेणु \ बीबीसी

सन् २०१६ को रात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ठुलै घोषणा गर्दै छन् भनेर पहिल्यै चर्चा चलाइयो । सबैले अनुमान गरे पक्कैे ठुलै घोषणा गर्नेछन् उनले।

किसानको अवस्था अनी एक हजार र पाँच सयको पुरानो नोटमाथिको प्रतिवन्धपछि समस्यामा परेका सर्वसाधारणकोे समस्या समाधानका लागी उनले राहत कार्यक्रम ल्याउनेछन् भन्ने धेरैको आशा थियो। तर भाषणमा त्यस्तो केही आएन।

सर्वसाधारण जान्न चाहन्थे, उनीहरुको बैंकमा रहेको पैसा चाहे अनुसार कहिलेबाट निकाल्न पाउँछन् । पैसा निकाल्ने प्रकृया कहिले सामान्य होला ? भारतीय रिजर्भ बैंकले कहिलेसम्म नयाँ नोट बैंकहरुलाई पठाइसक्ला ? आम नागरिक यसैको प्रतिक्षामा थिए।

तर मोदी यस्ता जिज्ञासातिर लाग्नुभन्दा राजनीतिक बयानमा केन्द्रित भए । मोदीको घोषणामा सामान्य रुटिनकै विषय आए। अर्थमन्त्री अरुण जेटलीले वजेट भाषणमा सामाजिक क्षेत्रबारे जे घोषणा गर्नसक्थे मोदीले त्यो पहिल्यै भनिदिए।

यसको सबैभन्दा ठुलो कारण उत्तर प्रदेश लगायतका क्षेत्रमा निर्वाचनहुँदैछ। र, त्यहाँका स्थानीय नोट प्रतिवन्धपछि समस्यामा छन् । अहिले नागरिकले जसरी दु:ख पाइरहेका छन् त्यसको समस्या समाधानको पाटोमा कुनै उलेख्य प्रयास देखिएन ।

किसान र गर्भवती महिलाको विषयमा जे जस्ता कल्याणकारी कार्यक्रम घोषणा भएका छन् त्यसमध्ये केही अभियान पहिलानै आएका विषय हुन्। 
उनले राजनीतिक फन्डिङमा गोलमटोल शब्द प्रयोग गरे। सबै राजनीतिक दललाई साथमा लिएर अगाडि बढ्ने बताए पनि ठोस प्रयास देखिएन।
सम्बोधनमा मोदी तथ्यांकमा समेत प्रवेश गरेनन्। किनकी आर्थीक अवस्थामा अहिलेको सरकार कमजोर अवस्थामा छ।

पुरानो नोटमाथि प्रतिवन्ध लगाएपछि कति जनाको रोजगारी गुम्यो ? प्रधानमन्त्रीले खुलाउन चाहेनन्।  शहरी क्षेत्रमा रहेका कति मजदुर काम नपाएर गाउँ फर्किए, निर्माण क्षेत्रका कति मजदुर बेरोजगार भए यो विषयमा मोदी प्रवेश नै गरेनन्।

आशा थियो कि मोदी आफ्नो भाषणमा अर्थतन्त्रलाई लिकमा ल्याउने विषयमा कुनै नयाँ घोषणा गर्नेछन्। तर उनले त्यो पाटोमा प्रवेश गरेनन्।
यो विषयमा सरकारले वस्तुनिष्ठ स्वेतपत्र जारी गर्न आवश्यक छ। तर मोदीले आफ्नो भाषणलाई सामाजिक क्षेत्रको योजनामा केन्द्रित गरे।

बृद्ध–बृद्धाहरुले पाउने ब्याजको दर केही बढाइएको छ, तर त्यसमा पनि सिमा तोकिएको छ। किसानको २ महिनाको ऋण माफी गर्ने घोषणा भए पनि अहिलेको अवस्थामा यसको ठुलो प्रभाव पर्ने देखिदैन।

मोदीले बैंकिङ क्षेत्रको अवस्था राम्रो हुने बताए । तर बैंकिङ क्षेत्रमा थप दवाव बढ्ने देखिन्छ। बैंकहरुले आफ्ना ग्राहकको माग समेत पुरा गर्न सकिरहेका छैनन्। पछिल्लो ५० दिनमा बैंकले जस्तो दवाव झेलिरहेका छन् त्यसले नै उनीहरुको चुनौती देखाउँछ।

उनीहरुलाई आर्थिक रुपमा कमजोर वर्ग र किसानलाई समेत ऋण दिन भनिएको छ।  मोदीले सम्बोधनमा बैंकिङ क्षेत्रको स्वायत्तता कायम राख्न चाहेको प्रष्ट उल्लेख गरे । उनको सम्बोधनमा उनले भनिरहेका विषय केवल सल्लाह मात्रै हो भन्ने देखिएको थियो।

यस्तोमा उनको सल्लाहलाई बैंकहरुले कसरी लिन्छन् त्यो हेर्नु पक्कै चाखलाग्दो विषय हुनेछ । किनकी, बैंक आर्थिक फाइदा हेरेर ऋण लगानी गर्छ। उनीहरुले किसानलाई कति ऋण दिनेछन् र ग्रामिणतहमा कसरी आफ्नो पहुँच विस्तार गर्नेछन् यो शंकाकै घेरामा छ।

मोदीले आफ्नो सम्बोधनमा यज्ञ गरिसकेपछि शुद्धिबारे समेत बोलेका छन्। यो एक नैतिक अडान हो । नोट प्रतिबन्धपछि जसको जागिर गएको छ त्यसमाथी यो नैतिक अडानले के असर गर्छ अहिले तत्काल यसको अनुमान मात्रै गर्न सकिन्छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell