PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

​जात्राले कमायो साढे २ करोड



पहिलोपोस्ट

​जात्राले कमायो साढे २ करोड

काठमाडौं: फिल्म जात्रा प्रदर्शनमा आएको ५१ औं दिनमा काठमाडौंभित्र २ करोड ५० लाखको व्यवसाय गरेको बताइएको छ। काठमाडौंका लागि जात्राको वितरण जिम्मा लिएको पप्कर्न पिक्चर्सले जानकारी दिएको हो।

मोफसलका लागि वितरक रहेका मनोज राठीका अनुसार काठमाडौं बाहिर फिल्मले ५०लाख कमाएको छ। कमेडी जानरामा बनेको फिल्म जात्रा मल्टिप्लेक्समा ५१ दिन मनाउने दोस्रो फिल्म हो। यसअघि फिल्म छक्कापञ्जाले सय दिन मनाएको थियो।

काठमाडौं कुमारी र गुण सिनेमामा यो हप्ता पनि जात्राले शोका लागि हल पाएको छ। 'काठमाडौं बाहिर त अब कुनै पनि हलमा शो बाँकी छैन' वितरक राठीले भने,'मोफसलको ग्रस कलेक्शन अनुमानित ५० लाख नै हो।'

कार्यकारी निर्माता तथा फिल्ममा कलाकार समेत रहेका रबिन्द्र सिंह बानियाँले पहिलोपोस्टसँग भने,' प्रतिक्रिया र व्यवसायको हिसाबमा समग्रमा फिल्मले राम्रो गर्‍यो।'
फिल्मलाई सिंगे लामा र यादब पौडेलले निर्माण गरेका हुन्।
विदेशका लागि वितरणाको जिम्मा हाइलाईट्स नेपालले लिएको थियो। फिल्म युनिटले दिएको जानकारीका अनुसार नेपाल बाहिर पनि फिल्मले राम्रो व्यापार गरेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell