काठमाडौं :भारतको जम्मुकाश्मिरबाट आएको हावाले नेपालमा चिसो बढाएको मौसम पूवार्नमान विभागले जानकारी दिएको छ।
शनिबारबाट देशभर चिसो बढेको छ । मौसममा सुधार हुन अझै दुई दिन लाग्ने विभागले जनाएको छ ।
बुधबारबाट आकासको तुवालो खुलेर घाम देखिने मौसमविद् बरुण पौडेलले बताए । पश्चिमी वायुको कारण हिमाली क्षेत्रमा हिमपात,पहाडी र तराईका केही जिल्लामा सामान्य बर्षा हुने सम्भावना छ ।
राजधानीको न्युतम तापक्रम ५ डिग्रीबाट घटेर ४ दशमलव ५ र अधिकतम २० डिग्रीबाट घटेर १९ दशमलब ५ पुगेको छ । उपत्यकाभित्र केहि हल्का बर्षा भए पनि लगातार झरी नपर्ने पौडेलको दावी छ ।