PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

नयाँ वर्षमा चन्द्रागिरी पुगेकालाई हिउँको 'गिफ्ट'



पहिलोपोस्ट

नयाँ वर्षमा चन्द्रागिरी पुगेकालाई हिउँको 'गिफ्ट'

काठमाडौं : काठमाडौँको चन्द्रागिरी डाँडामा हिउँ परेको छ। चन्द्रागिरी डाँडा, भालेश्वर मन्दिर, केबल कारको टप स्टेसन लगायतका स्थानमा आइतबार दिउँसो हिउँ परिरहेको चन्द्रागिरी केबलकारका सञ्चालक अम्बिका पौडेलले जानकारी दिए।

चन्द्रागिरी समुद्री सतहबाट २५५१ मिटर उचाइमा पर्छ। इस्वी संवतको नयाँ वर्षको दिन केबल कार चढेर चन्द्रागिरी पुगेकाहरुले हिउँ पर्दै गरेको फोटो र भिडियोहरु फेसबुकमा राखेका छन्।

हेरौँ केही फोटो र भिडियो-



भारतको जम्मुकाश्मिरबाट आएको हावाले नेपालमा चिसो बढाएको मौसम पूर्वानुमान विभागले जानकारी दिएको छ।

शनिबारबाट देशभर चिसो बढेको छ । मौसममा सुधार हुन अझै दुई दिन लाग्ने विभागले जनाएको छ ।

बुधबारबाट आकासको तुवालो खुलेर घाम देखिने मौसमविद् बरुण पौडेलले बताए । पश्चिमी वायुको कारण हिमाली क्षेत्रमा हिमपात,पहाडी र तराईका केही जिल्लामा सामान्य बर्षा हुने सम्भावना छ ।

राजधानीको न्युतम तापक्रम ५ डिग्रीबाट घटेर ४ दशमलव ५ र अधितम २० डिग्रीबाट घटेर १९ दशमलब ५ पुगेको छ । उपत्यकाभित्र केहि हल्का बर्षा भए पनि लगातार झरी नपर्ने पौडेलको दावी छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell