PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

​यी हुन् सन् २०१६ मा सय करोड कमाउने बलिउड फिल्म



पहिलोपोस्ट

​यी हुन् सन् २०१६ मा सय करोड कमाउने बलिउड फिल्म

सन् २०१६ मा सयभन्दा बढी बलिउड फिल्म सार्वजनिक भए। जसमध्ये आठ फिल्‍मले मात्र एक सय करोडको व्यवसाय गर्‍यो।

सन् १९९० को दशकमा फिल्मी करियर सुरु गरे पनि आजसम्म हिट फिल्म दिन सफल छन् बलिउड अभिनेता सलमान खान, आमिर खान र अक्षय कुमार। फिल्म मात्र होईन सन् २०१७ सम्म आइपुग्दा पनि यिनै हिरोहरु टप सेलिब्रेटीको लिस्टमा अटाउँछन्। उमेरले ५० को हाराहारीमा रहेर पनि युवा अभिनेताहरुसँग प्रतिस्पर्धामा छन्। र बक्सअफिसमा सय करोड कमाउने फिल्मको लिस्टमा पनि यिनै हिरोहरुको फिल्म पर्छन्। कुन कुन फिल्मले कमाए त सन् २०१६ मा सय करोड?

सुल्तान

सलमान खान र अनुष्का शर्मा अभिनित सुल्तानले बलिउड बक्स अफिसमा हालसम्म २०१६ कै धेरै कमाउने फिल्मको रेकर्ड कायम राखेको छ। कुस्तिबाजको कथालाइ मुख्य विषयवस्तु बनाइएको फिल्मले तीन सय करोड ४५ लाखको व्यापार गर्‍यो। यशराज ब्यानरमा बनेको फिल्म सुल्तानलाई अलि अब्बाज जफरले निर्देशन गरेका थिए।

दंगल

आमिर खानको मुख्य भूमीका रहेको फिल्म दंगल पहलमान महाविर फोगटको जीवनमा आधारित फिल्म हो। बर्षको अन्त्यतिर रिलिज भएको फिल्म अझै हलहरुमा चलिरहेको छ। तर बक्स अफिसमा भने यसले कमाइमा रेकर्ड कामय गरिरहेको छ। फिल्मले पहिलो हप्तामा नै एक सय ७६ करोड ९८ लाखको व्यापार गरेको हो।

एमएस धोनी द अनटोल्ड स्टोरी

भारतीय क्रिकेटका वान डे टिमका कप्तान रहेका एमएस धोनीको जीवनीमा आधारित फिल्ममा सुशान्तसिंह राजपुत धोनीको भूमीकामा देखिएका छन्। सो फिल्मले बक्स अफिसमा जादु गर्दै एक सय ३३ करोड ४ लाखको व्यापार गर्‍यो।
 

एयरलिफ्ट

अक्षयकुमार अभिनित फिल्म एयरलिफ्टले एक सय २९ करोडको व्यापार गर्‍यो। सन् १९९० मा कुवेतमा इराकले हमला गरेपछि भारतीयहरुलाइ गरिएको उद्दारमा आधार पारेर फिल्म बनाइएको थियो। जसमा अक्षयकुमार रंजित कटियालको भूमिकामा छन्।
 

रुस्तम

फिल्म रुस्तममा एक आर्मी अफिसरको भूमिकामा छन्। उनी जल सैनिक अधिकृतको रुपमा फिल्ममा छन्। फिल्मका हरेक सिनमा उनी देखिएका छन्। एक किसिमले भन्ने हो भने उनले आफ्नो बाँधमा पुरा फिल्म बोकेका छन्। फिल्मले १ सय २७ करोडको व्यापार गरेको थियो।
त्यस्तै फिल्म हाउसफुल ३ ले १ सय ७ करोडको व्यापार गर्‍यो भने करण  जोहरको फिल्म ए दिल है मुश्किलले १ सय १२ करोडको व्यापार गर्‍यो। त्यसैगरि अजय देवगनको फिल्म शिवाले सय करोड क्लबमा खुट्टा टेक्यो। 

स्रोत : बिबिसी हिन्दी। (सबै कमाई भारतीय रुपैँयामा)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell