PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

​टोपी दिवसमा किन टोपी थाप्छन् रविन्द्र सि‌ंह बाँनिया?



पहिलोपोस्ट

​टोपी दिवसमा किन टोपी थाप्छन् रविन्द्र सि‌ंह बाँनिया?

काठमाडौँ : २०१७ को पहिलो दिन कलाकारहरु विभिन्न तरिकाले 'न्यु इयर' मनाइ रहँदा कलाकार रबिन्द्र सिंह बानियाँ भने टोपी थाप्दैछन्। पुस १७ लाई टोपी दिवस मनाउन थालिएपछि उनी टोपी लगाउने मात्रै होइन टोपी थाप्ने अभियानमा छन्।

टाउकोमा लगाउने टोपीमा नगद सहयोग थाप्ने र जम्मा भएको सो रकम सामाजिक कार्यका लागि खर्च गर्ने काममा उनी खटिएका हुन्।

किन टोपी थाप्छन् त बाँनिया? पहिलोपोस्टसँगको कुराकानीमा भने,'राष्ट्रियता भन्दा अगाडी मानवताको भाव आउनु पर्छ जस्तो लाग्छ।'

गत वर्ष उनले टोपी थापेर जम्मा गरेको पैसाबाट चीतवनको चेपाङ बस्तीका लागि टोपी सहयोग गरेका थिए। व्यक्तिगत दश हजार खर्च गरेर टोपी किनेका उनले यो वर्ष पनि सोही अभियानलाई निरन्तरता दिएका हुन्।

रबिन्द्रले भने,'आफूले लगाएको टोपीको फोटो सामाजिक संजालमा देखाउनु भन्दा जाडोमा पनि न्यानो नपाएकाहरुलाई टोपी दिन सके त्यसको बढी महत्व रहला।'

अभियानका कारण रबिन्द्रलाइ यो बर्ष टोपी लगाउने विभिन्न कार्यक्रमको निम्तो आयो।

नगद सहयोग धेरै वा थोरैले फरक नपर्ने तर साथ कतिले दिन्छन् भन्ने विषयले महत्व राख्ने सिंहको धारणा छ। 'म त आज दिनभर टोपी थाप्दै हिँडिरहेको छु।', उनले भने।

यो वर्ष पनि आर्थिक रुपमा बिपन्न गाउँमा न्यानो टोपी बाड्ने उनको योजना छ।

फोटो : वर्षा शिवाकोटीको फेसबुकबाट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell