PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

​पोष्टपेड मोवाइल छ ? *४४४# डायल गरी फोरजी एक्टिभ गर्नुस्, ४ जीबी डेटा नि:शुल्क पाउनुस्



पहिलोपोस्ट

​पोष्टपेड मोवाइल छ ? *४४४# डायल गरी फोरजी एक्टिभ गर्नुस्, ४ जीबी डेटा नि:शुल्क पाउनुस्

काठमाडौं: नेपाल टेलिकमले फोरजीको प्रयोगकर्तालाई चार जीबी डेटा निशुल्क दिने भएको छ। टेलिकमका अनुसार यो चार जीबी प्रयोगकर्ताले चार दिनभित्र सक्नुपर्छ। प्रमोसनल अफरका रुपमा काठमाडौं र पोखराका ग्राहकले मात्र यो सुविधा पाउनेछन्।

दिनको एक जीबीका दरले प्रयोगकर्ताले चलाएपछि नर्मल डेटारेटमा फोरजी चल्ने टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताइन्। *४४४# डायल गरी एक्टिभेट भएलगत्तै टेलिकमले पोष्टपेड प्रयोगकर्ताले चार जीबी डेटा निशुल्क पाउने टेलिकमले जानकारी दिएको छ।

महसुल दर थ्रीजीकै


फोरजीका लागि प्रयोगकर्ताले अतिरिक्त पैसा तिर्नुपर्दैन्। साधारण थ्रीजी कै महशुलमा फोरजी चलाउन मिल्ने बैद्यले बताइन्।

प्रिपेडका ग्राहकले १० एमबी डेटाका लागि आठ रुपैयाँ तिरेर दुई दिनको भ्यालिडिटी पाउँछन्। टेलिकमका अनुसार ५० एमबीका लागि ३५ रुपैयाँ तिरेर १० दिनको भ्यालिडिटी पाउँछन्।

त्यस्तै २०० एमबीको एकसय ३० रुपैयाँमा एक महिना, ५०० एमबीको तीनसय तिरेर एकमहिना, एक जीबीको पाँचसय तिरेर एकमहिना, तीन जीबीको १२ सय ९० तिरेर दुई महिना, पाँच जीबीको १८ सय तिरेर तीनमहिना र १० जिबीको २८ सय तिरेर ६ महिनाको भ्यालिडिटी पाउने टेलिकमले जनाएको छ।

प्रिपेड प्रयोगकर्ताले ३५ दिन कुर्नुपर्ने

फोरजी सेवा तत्कालका लागि पोष्टपेड ग्राहकले मात्र चलाउन पाउने छन्। पोष्टपेड ग्राहकका लागि 'सफ्ट लन्च' गरेको टेलिकमले परीक्षणका रुपमा एक महिना चलाउनेछ।माघ २२ गते टेलिकमको बार्षिकोत्सवको अवसर पारेर टेलिकमले प्रिपेड ग्राहकका लागि फोरजी सेवा सुरु गर्ने जनाएको छ।

'हामी बार्षिकोत्सवको अवसर पारेर प्रिपेड ग्राहकलाई फोरजी सेवा संचालनमा ल्याउँछौ, टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले भनिन् 'बार्षिकोत्सवपछि नै व्यावसायिक रुपमा जाने तयारी भइरहेको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell