PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

​भारतीय मिडियामा चर्चा – 'सोनाक्षीले गर्दैछिन् इन्गेजमेन्ट'



पहिलोपोस्ट

​भारतीय मिडियामा चर्चा – 'सोनाक्षीले गर्दैछिन् इन्गेजमेन्ट'

बलिउड नायिका सोनाक्षी सिन्हाले इन्गेजमेन्ट गर्ने भएकी छिन्। प्रेमी बन्टी सजदेहसँग उनको इन्गेजमेन्ट हुन लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

सन् २०१२ देखि प्रेम सम्बन्धमा रहेको यो जोडीले यो वर्ष इन्गेजमेन्ट गर्ने भनिए पनि मिती भने तय भइसकेको छैन। बन्टीसँग सोनाक्षीको सम्बन्धलाई लिएर सोनाक्षीको परिवार खुशी नभए पनि  आउँदो बर्षको फेब्रुअरीमा इन्गेजमेन्टको खबर बाहिरिएको हो। बन्टीको पहिलो पत्नीसँगको डिभोर्स भैसकेको छ। सोनाक्षीको परिवारले बन्टी र उनको उमेरमा धेरै अन्तर हुने भन्दै अस्वीकार गर्दै आएको समाचार हरुमा उल्लेख छ।

भारतीय अनलाइ आजतकले लेखेको छ – बन्टी र सोनाक्षीलाइ कैयौँ पटक बाहिर घुम्दै गरेको देखिएको छ।

त्यस्तै अर्को भारतीय अनलाइन मुम्बइ मिररले 'आउँदो बर्ष २०१७ को फ्रेब्रुअरीमा बन्टी र सोनाक्षीको इन्गेजमेन्ट हुनसक्ने' उल्लेख गरेको छ।
त्यस्तै अर्को भारतीय अनलाइन डिएनएले दुबैकलाइ कैयौँ पटक एकसाथ देखिएकाले पनि इन्गेजमेन्टको अड्कलबाजी बढेको जनाएको छ।

स्रोत: फस्टपोस्ट 
 
 
 
 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell