PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

​रिन्जि सागर राईको 'प्रीत' सार्वजनिक



पहिलोपोस्ट

​रिन्जि सागर राईको 'प्रीत' सार्वजनिक

काठमाण्डौ: कवि तथा गीतकार रिन्जि सागर राईको गीतिसंग्रह 'प्रीत' सार्वजनिक भएको छ। शनिबार काठमाण्डौमा संगितकार सुरेश अधिकारीले प्रीत एल्बम बिमोचन गरेका हुन्।

प्रीतमा गीतकार राईका ५ वटा गीत समावेश गरिएको छ। सुरेश अधिकारी,लक्ष्मण शेष,राजशुक्र लिम्बु र जसिहाङ राईको संगित रहेको एल्बममा स्वरुपराज आचार्य,अञ्जु पन्त,रजिना रिमाल,मेलिना राई,प्रवेश राई र टेकेन दाहालले स्वर दिएका छन्।

प्रीतभित्र न हौँ उदास, भुलुँ भुलुँ भुल्नै सकिन,सपनीमा आयौ तिमी,केहि बन्न चाहान्छौ र जहाँ थियौ बोलका गीत समावेश छन्।

प्रीतभित्रका गीतमा मायाप्रेमका मात्रै नभई सन्देशमुलक र चेतनामुलक गीत समावेश रहेको अधिकारीले जानकारी दिए।  बिमोचनमा गीतकार रिन्जि सागर राईले आफ्ना गीतले नेपाली सांगितिक क्षेत्रमा एउटा ईट्टा थप्न मद्धत पुग्ने विस्वास व्यक्त गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell