PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

कांग्रेस प्रमुख सचेतकको एमालेलाई पाँच आरोप



रमेश वाग्ले

कांग्रेस प्रमुख सचेतकको एमालेलाई पाँच आरोप

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण मंसिर १४ मा सरकारका तर्फबाट संसद्मा दर्ता भएको संविधानको दोस्रो संशोधन प्रस्ताव पेश हुन सकेको छैन।

कुनै हालतमा विधेयक संसदमा लान नदिने भन्दै संसद अवरोध भएको एकमहिना कटिसक्यो। सत्ताधारी दल माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताले प्रस्ताव संसदमा लगेर मतदानमार्फत छिनोफानो गर्न प्रस्ताव गरिरहे पनि एमालेले स्विकार गरेको छैन।

आखिर किन एमाले विधेयकबारे संसदमा छलफल अगाडि बढाउन र संसदिय प्रक्रियाबाट टुंगो लगाउन सहमत भएको छैन। सत्तारुद्ध कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठको आरोप यस्ता छन् :

निर्वाचनको डर

एमाले आफू सरकारमा नभएसम्म निर्वाचनमा जान डराइरहेको छ। त्यसैले एमालेले संविधान संशोधन विधेयकको बहानामा स्थानीय तह निर्वाचन विधेयक पारित गर्न रोकिरहेको छ।

सरकारबाट हट्नुपरेको आक्रोश

एमालेलाई सरकारबाट हट्नुपरेकोमा ठुलो चित्त दुखाई छ। सुशील कोइरालाको बिकल्पमा केपी ओली नेतृत्वमा सरकार गठन हुँदा माओवादी र एमालेबीच लामो समय मिलेर सरकार चलाउने समझदारी बनेको थियो। तर समझदारी कायम हुन सकेन। उनीहरुबीचमै द्वन्द्व सुरुवात भयो।
त्यसबेला कांग्रेस प्रतिपक्षमा थियो। सत्ता गठबन्धनमा समस्या आएपछि विकल्प दिनु प्रतिपक्षको कर्तब्य हो। कांग्रेसले त्यही कर्तव्य निर्वाह गर्यो र सरकार परिवर्तन भयो। एमालेले त्यसलाई अहिलेसम्म सहज रुपमा स्वीकार गर्न सकिरहेको छैन।

आफ्नै आवेगमा फसेको छ एमाले

एमालेले आवेगमा संशोधन प्रस्तावलाई राष्ट्रघाति भनेको हो। अहिले एमालेलाई त्यही आवेगको निर्णयबाट पछि हट्न अप्ठेरो परिरहेको छ। यो प्रस्ताव कांग्रेस एमालेसहितका दलहरुको सहमतिमा ७१ साल मंसिरमा संवाद समितिमा प्रस्ताव गरेकै प्रस्ताव हो। कांग्रेस मात्र नभएर एमाले अध्यक्ष ओली, सूर्यबहादुर थापा, स्वतन्त्र सांसद्हरुसहित नौ दलको हस्ताक्षर छ त्यो प्रस्तावमा । त्यसमा उहाँहरु नै फस्नुभयो। अहिले ब्याक हुन गाह्रो भइरहेको छ।

प्रतिष्ठा र फाइदाको राजनीति

एमालेले अहिले फाइदा वेफाइदाको राजनीति गरिरहेको छ। उसले देशको आवश्यकता, लोकतान्त्रिक अभ्यास र संसदीय व्यवस्थामा भन्दा कसरी फाइदा हुन्छ त्यही हेरिरहेको छ। प्रस्तावको पक्षमा जाँदा पनि वेफाइदा, विपक्षमा जाँदा पनि वेफाइदा हुने भएपछि उसले विधेयकलाई संसद्मा टेबुल नै हुने नदिने रणनीति अपनाइरहेको छ। उसमा प्रस्तावमा समर्थन गरे आफ्नै 'राष्ट्रघात भयो' भन्ने भनाइले अफ्ठेरो पर्ने, विपक्षमा गए मधेसी जनतामा 'एमाले मधेस विरोधी नै हो' भन्ने डरले काम गरिरहेको देखिन्छ।

महाअभियोग अड्काउने प्रयास

एमालेले अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावलाई रणतीनिक विषय बनाइरहेको छ। उ प्रस्तावलाई पारित गर्ने/नगर्ने विषयमा नै अन्यौलमा देखिन्छ। त्यसैले उ अनेक बाहनामा प्रस्तावलाई अल्झाइरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell