PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

जिप दुुर्घटना हुुँदा चार घाइते, दुई गभ्मीर



पहिलोपोस्ट

रुकुम : रुकुममा जिप दुुर्घटना हुुँदा चार जना घाइते भएका छन्। 

रुकुमकोटको धाउन्ने बजारबाट सोलाबाङतर्फ आइरहेको लु १ अ १०५६ नम्बरको जिप स्यालापाखाको गिलबाङमा आइतबार राती दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। 

दुर्घटनामापरी बाँफीकोट–७ का ३३ वर्षीय तिलवीर केसी, बाँफीकोट–५ का २३ वर्षीय देवराज शाही, स्यालापाखा–३ का २५ वर्षीय अविषेक शाही र मुसिकोट नगरपालिका–५ का २० वर्षीय डायमण्ड शाही घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक थमनबहादुर रजालीले जानकारी दिए। 

घाइते सबैलाई जिल्ला अस्पताल सल्लेमा उपचार हुन नसकेपछि थप उपचारका लागि आज बिहान नेपालगन्ज रिफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय रुकुमका प्रमुख डा राजेन्द्र जिसीले बताए । 

घाइतेमध्ये अविषेक र तिलविरको अवस्था गम्भीर रहेको बताइएको छ । 

जिप सडकबाट करिब ५०० मिटर तल सानोभेरी नदीमा पुगेको भए पनि मानिस बीचमै खसेपछि बाँचेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रजालीले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell