PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

​इन्डोनेसियामा पर्यटक चढेको डुङ्गामा आगलागी, २३ जनाको मृत्यु



पहिलोपोस्ट

​इन्डोनेसियामा पर्यटक चढेको डुङ्गामा आगलागी, २३ जनाको मृत्यु

जकार्ता : इन्डोनेसियाको राजधानी जकार्ताबाट उत्तरमा अवस्थित एक पर्यटकीय टापुमा नयाँ वर्षको बिदा मनाउन हिँडेका पर्यटक चढेको डुङ्गामा आगलागी भएपछि यसमा सवार २३ जनाको मृत्यु भएको यहाँका अधिकारीले बताएका छन्। 

घटनामा अन्य १७ जना बेपत्ता भएको र १९४ जनालाई उद्धार गरिएको छ । 

यात्रारत डुङ्गामा एक्कासी आगोको ज्वाला निस्किएपछि यात्रुहरु ज्यान जोगाउन समुद्रमा हामफालेको राष्ट्रिय विपद् व्यवस्थापन संस्थाले जनाएको छ। 

डुङ्गा किनारबाट छुटेको करिब १५ मिनेटपछि डुङ्गामा आगलागी भएपछि यात्रुहरु लाइफ ज्याकेटका लागि संघर्ष गरेका र कतिपय यात्रु आत्तिएर लाइफ ज्याकेटविना नै समुद्रमा हाम फाल्दा ठूलो क्षति भएको इन्डोनेसियाली प्रहरीले बताएको छ। 

अधिकांश यात्रुलाई सँगै सोही बाटो हिँडिरहेका माझीले उद्धार गरेका थिए । इन्डोनेसियामा डुङ्गा दुर्घटनाका कारण बर्षेनिसयौँ मानिसले ज्यान गुमाउने गर्छन् । रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell