चन्द्रौटा : कपिलवस्तु जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले फोटोसहितको मतदाता नामावली सङ्कलनका लागि १३९ वटा स्थानमा ११ टोली परिचालन गरेको छ।
नामावलीमा नाम दर्ता गराउन छुटेकालाई समावेश गर्नका लागि आइतबारदेखि टोली परिचालन गरेको निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ । आगामी माघ १७ गतेसम्म चल्ने अभियानमा ५÷५ जनाको टोली परिचालन गरिएको छ । जिल्लाका सबै ५३ गाविस र छ नगरपालिकाका ८६ वडामा अभियान सञ्चालन गर्ने लक्ष्य छ । अहिले कपिलवस्तुमा दुई लाख ७१ हजार ३९४ मतदाता रहेका छन्।
दाबी विरोध समेतको माध्यमबाट विवाह, बसाइँसराइ, मृत्युसम्बन्धी त्रुटि पूर्ण विवरणउपर दाबी विरोधको माध्यमबाट तोकिएको अवधिभित्र आ–आफ्नो विवरण सच्याइ अन्तिम मतदाता नामावली तयार गर्ने कार्यमा सहयोग पुग्ने अभियानको उद्देश्य रहेको छ।
मतदाताको भीड बढी भएका स्थानमा थप जनशक्ति र कार्य्दिन थप गर्न सकिने कार्यालयकी कम्प्युटर अपरेटर अनिता क्षेत्रीले बताइन । जिल्लामा २०७३ असोज मसान्तसम्ममा दुई लाख ७३ हजार ४०८ जना निर्वाचन कार्यालयमा दर्ता भएका मतदाता संख्या रहेको छ।
जिल्लाका सबै ५३ गाविस र छ नगरपालिकामा नामावली सङ्कलनका लागि १३९ स्थानमा कम्तीमा दुई दिनका दरले दर्ता कार्यक्रम सञ्चालन गरिने निर्वाचन कार्यालयले जनाइएको छ। रासस