PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

​आगलागी हुँदा तीन लाख रुपैयाँ बराबरको क्षति



पहिलोपोस्ट

लहान : सिरहाको लहानमा गएराति आगलागी  हुँदा करिब रु तीन लाख मूल्य बराबरको क्षति भएको छ । 

लहान नगरपालिका–२२ निवासी रामचन्द्र चौधरीको गाईगोठमा आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर नष्ट हुनुका साथै गोठमा रहेको एक वटा गोरु, एक वटा बाछा र एक वटा बाख्रा जलेर मरेको प्रहरीले जनाएको छ। 

राति ११ बजेतिर भएको उक्त आगलागीमा परी अन्य चार थान चौपाया जलेर घाइते भएका छन् । सो आगलागीबाट करिब रु तीन लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ। 

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीको टोली र स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा आएको स्थानीयवासीले बताएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell