PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

​भारत - पाकिस्तानद्धारा आणविक हतियार प्रयोग निषेध सूची आदनप्रदान



पहिलोपोस्ट

​भारत - पाकिस्तानद्धारा आणविक हतियार प्रयोग निषेध सूची आदनप्रदान

नयाँ दिल्ली : नयाँ दिल्ली र इस्लामावादबीच आइतबार दुई देशमा भएका आणविक हतियार सूचीको आदानप्रदान भएको भारतीय अधिकारीले जनाएका छन्।
 
दुई देशबीच भएको द्विपक्षीय सम्झौता, जसले एक अर्कालाई आणविक हतियारको गलत प्रयोग गर्न निषेध गरेको छ सोही अनुसार सूचीको आदानप्रदान भएको हो।
 
दुवै देशका कूटनीतिज्ञबीच एकै समयमा नयाँ दिल्ली र इस्लामावादमा आणविक सूचीको आदानप्रदान गरिएको भारतीय विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ । दुई देशबीच आणविक हतियार सूचीको आदानप्रदान हरेक वर्ष जनवारी १ मा हुने गर्छ।
 
सन् १९८८ को डिसेम्बर ३१ मा आणविक हतियारबारे सम्झौता भई यसलाई सन् १९९१ को जनवरीदेखि कार्यान्वयनमा लगिएको हो। रासस÷सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell