PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

​नौ लाखको लोभमा १० लाख गुम्यो, डलर साट्ने भन्दै ठग्ने पक्राउ



पहिलोपोस्ट

काठमाडौं : डलर साट्ने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले सिन्धुपाल्चोक बाह्रविसेका राम भण्डारीलाई पक्राउ गरेको हो । भण्डारीका सहयोगी सिन्धुपाल्चोककै सरोज भण्डारी भने फरार छन् । फरार भण्डारीको खोजी भइरहेको परिसरका डिएसपी ईश्वर कार्कीले बताए।

पक्राउ परेका भण्डारीको साथबाट प्रहरीले नगद ५ लाख रुपैयाँ बरामद गरेको छ । एक पीडित महिलासँग डलर साट्ने भनी भण्डारीले दश लाख रुपैयाँ लिएका थिए । विदेशमा रहेका ती महिलाका श्रीमानले दुई जना १९ हजार डलर लिएर ग्वार्कोमा मानिस आउछन् तिमीले १० लाख रुपैयाँ दिनु भनेपछि उनी ग्वार्को पुगेर भण्डारीलाई डलर साट्नका लागि १० लाख रुपैयाँ बुझाएकी थिइन्। 

त्यसको बदलामा उनिहरुले डलरको बिटो बनाएको पोको हातमा थमाएर त्यहाबाट हिँडे । उनीहरु हिडेपछि पोको खोलेर हेर्दा माथि र तल पट्टी एक सयका नोट राखी बीचमा कागज राखेर ठगी गरेका थिए । पीडितले तत्काल प्रहरीलाई खवर गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो।

अन्यत्र डलर साट्नका लागि प्रचलित मूल्य अनुसार झण्डै २० लाख रुपैयाँ खर्च हुनेमा भण्डारीले दश लाखमै १९ हजार डलर साट्ने भनेपछि पीडितले भण्डारीसँग डलर साटेको प्रहरीको प्रारम्भिक अनुमान छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell