PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

प्रिमियर लिग : नयाँ वर्षमा आर्सनल र टोटनहमको जित



पहिलोपोस्ट

प्रिमियर लिग : नयाँ वर्षमा आर्सनल र टोटनहमको जित

प्रिमियर लिग अन्तर्गत नयाँ वर्ष २०१७ को पहिलो जित आर्सनल र टोटनहम जित हात पार्दै अंक तालिकामा क्रमशः तेस्रो र चौथो स्थानमा उक्लँदा म्यानचेष्टर सिटी पाँचौ स्थानमा झरेको छ।

आर्सनलले घरेलु मैदानमा भएको खेलमा क्रिस्टल प्यालेसलाई २-० ले हरायो। आर्सनललाई जित दिलाउन ओलिभर जिरुड र एलेक्स इओवीले १ १ गोल गरे। जिरुडले १७ औं मिनेटमा ब्याकहिलमार्फत उत्कृष्ट गोल गर्दै आर्सनललाई अग्रता दिलाए। दोस्रो हाफमा एलेक्सले एक गोल थपे।

यस्तै ह्यारी केन र डेलेल अलीले समान २ गोल गरेको खेलमा टोटनहमले वाफोर्डलाई ४-१ ले पराजित गर्‌यो। केनले २७ र ३३ औं मिनेटमा गोल गर्दा अलीले ४१ र ४६ औं मिनेटमा गोल थपे। वाटफोर्डका लागि कावाउलले इन्जुरी टाइममा सान्त्वना गोल फर्काए।

जितपछि आर्सनल १९ खेलबाट ४० अंक जोड्दै तेस्रो स्थानमा उक्लेको हो। यस्तै समान खेलबाट म्यानचेष्टर सिटी समान ३९ अंक जोडेको टोटनहम गोल अन्तरमा अगाडी रहँदै चौथो स्थानमा उक्लेको हो। 

लिगमा १९ औं चरणको खेल समाप्तीपछि ४९ अंक जोडेको चेल्सी शीर्ष स्थानमा आसिन छ भने लिभरपुल ४३ अंकसहित दोस्रोमा छ। यस्तै साविक विजेता लेस्टर सिटी २० अंकसहित १५ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell