PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

संसद बस्नुअघि सहमति जुटाउन तीन प्रमुख दलका शीर्ष नेता छलफलमा



पहिलोपोस्ट

संसद बस्नुअघि सहमति जुटाउन तीन प्रमुख दलका शीर्ष नेता छलफलमा

काठमाडौं : सहमतिको प्रयासका लागि प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरुको सुरु भएको छ।
 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको बैठक सिंहदरबारमा सुरु भएको हो। बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन विधेयक, अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग तथा निर्वाचन विधेयकमाथि छलफल जारी छ।

बैठकमा माओवादी केन्द्रबाट प्रधानमन्त्री प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल, नेकपा (एमाले) बाट अध्यक्ष केपी शर्मा ओली र बामदेव गौतम सहभागी छन्।

सहमतिका लागि सभामुख ओनसरी घर्तीले दिएको चारदिने अल्टिमेटम सकिएपछि संसद बैठक बस्नुअघि सहमति जुटाउन दलहरु अन्तमि प्रयासमा छन्। संसद्को बैठक आज दिउँसो १ बजे बस्दैछ।

पूर्ववत् अडानवाट सत्तापक्ष र प्रतिपक्ष दुवै पछि हटेका छैनन्। सभामुख घर्तीले यसअघि दिएको चार दिनको अल्टिमेटम अनुसार आजको बैठक एक पटक मात्र बस्ने छैन। पहिलो बैठक अवरुद्ध भए सभामुखले दोस्रो बैठकको तयारी गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell