PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

गुत्थी बने डाक्टर गुलाटी, दर्शकको क्रेज भने उस्तै



पहिलोपोस्ट

गुत्थी बने डाक्टर गुलाटी, दर्शकको क्रेज भने उस्तै

कमेडी नाइट्स विथ कपिलमा गुत्थीको भूमिकामा देखिने गरेका सुनिल ग्रोवरले सोही नामबाट उल्लेखनिय फ्यान कमाए। तर कलर्स च्यानलसँग कपिल शर्माको व्यवसायिक मतभेद भएपछि शो बन्द भयो।

सोनीमा सुरु भएको 'द कपिल शर्मा शो' मा सुनिलले गुत्थीको भूमिका पाएनन्। सो भूमिका नपाउनाले उनी दु:खी भने छैनन्। डाक्टर मशहुर गुलाटीको रुपमा उनी देखिन थाले। यही भूमिकामा पनि उनी खुशी नै छन्।



भने,'गुत्थी टिभीको दर्शकमा एउटा राम्रो पात्र बनिसकेको थियो। पुन: नयाँ भूमिकालाई स्थापित गर्न समय लाग्नु स्वभाविक हो। खुशी छु, दर्शकले यो पात्रलाई पनि मन पराएका छन्।'

गुत्थी बनेर एक महिलाको रुपमा देखिने गरेका सुनिल भन्छन्,'सबै भूमिका समय र कथाको माग हो।' उनले आफूलाई महिलाको रुपमा देखिनुले केही असर नगरेको बिबिसी हिन्दीलाई बताए। आफूले महिलाको सम्मान गर्ने र महिला बनेकै कारण आम महिलाहरु उनीसँग सहज महसुस गर्ने उनको दावी छ।

ठूलो पर्दाको फिल्म 'कफी विथ डि'मा उनी एक टिभी संवाददाताको भूमिकामा देखिदै छन्। फिल्म यही जनवरी ६ मा रिलिज हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell