PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

नारायणकाजी श्रेष्ठ भन्छन्- 'हामी कुनै पनि मुठभेडको अवस्थामा छैनौं'



पहिलोपोस्ट

नारायणकाजी श्रेष्ठ भन्छन्- 'हामी कुनै पनि मुठभेडको अवस्थामा छैनौं'

काठमाडौं : सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफूहरु कुनै मुठभेडको अवस्थामा नरहेको प्रस्ट पारेका छन्।
 
सिंहदरबारमा सम्पन्न माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुको छलफलपछि बाहिरिँदै श्रेष्ठले आफूहरु सहमतिमै निर्णय होस् भन्ने पक्षमा रहेको बताए। 'सरकारमा भएका पार्टीहरुले प्रतिपक्षीहरुलाई सहमति गराउने भनेका छौं,' उनले भने, 'सदनको स्थिति हेरेर सभामुखले आफ्नो कदम चाल्नुहोला, त्यो आफ्नो ठाउँमा छ तर हामी मेसेज दिन चाहन्छौं कि प्रतिपक्षीहरुसँग निरन्तर छलफलमा छौं।'
 
प्रतिपक्षीसँग मुठभेडको कुनै स्थिति सिर्जना नहोस् भन्नेकै लागि सरकार निरन्तर सहमतिको प्रयासमा रहेको उनले बताए। 

सभामुख ओनसरी घर्तीले सहमति जुटाउन दिएको चारदिने अल्टिमेटम सकिएपछि दलहरु छलफलमा छन्। तर आजको संसद बैठकअघि सहमति जुटाउन बसेको प्रमुख तीन दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell