PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

​अन्तिम सातामा पनि दर्शक बटुल्दै ‘भोको घर’



पहिलोपोस्ट

​अन्तिम सातामा पनि दर्शक बटुल्दै ‘भोको घर’

काठमाडौं: थिएटर मलमा मञ्चन भइरहेको नाटक ‘भोको घर’ प्रदर्शनको अन्तिम सातामा पुगेको छ। अन्तिम सातामा पुग्दा पनि नाटका लागि दर्शकको भिड कम नभएको निर्देशक केदार श्रेष्ठले बताए।

गोविन्दबहादुर मल्ल ‘गोठाले’ को नाटक ‘भोको घर’को पुस १ गतेदेखि मञ्चन सुरु भएको हो। केदार श्रेष्ठको परिकल्पना तथा निर्देशन रहेको नाटक पुस २३ गतेसम्म चल्दैछ। निदेशक श्रेष्ठको यो पाँचौ नाटक हो। उनले यसअघि उपियाँको निबन्ध, मान भर्सेस मती, बदरंगः लोचनवंशको साक्ष्य लगायत नाटकहरु निर्देशन गरेका थिए।



नाटक बुधबारबाहेक हरेक साँझ ५ बजे र शनिबार अतिरिक्त शो अन्तरगत १:३० बजे मञ्चन हुँदै आएको छ।

मध्यम वर्गीय सोँच र आर्थिक संकटले पैदा गर्ने पारिवारिक समस्यालाई नाटकमा उतारिएको छ। आर्थिक रुपमा विपन्नहरुको आवश्यकता, सपना, महत्वकांक्षाका साथै समस्या र दुर्घटनाको अवस्थानै नाटकले मूल विषय हो। गोठालेले तीसको दशकमा लेखेका नाटक ‘भोको घर’ अहिले पनि उत्तिकै सान्दर्भिक भएको निर्देशक श्रेष्ठ बताउँछन्। भन्छन्, ‘समयान्तरसँगै मानिसका सपनाका तह बढेपनि स्वरुप उही रहँदा यस नाटक हरेक समयको प्रतिनिधि हुनसक्छ।’



आकाश मगर, शान्ति गिरी, सुदाम सिके, सञ्जिता सञ्जी र अभय बरालले ‘भोको घर’का मुख्य पात्रहरु हुन्।

नाटकमा घनश्याम श्रेष्ठको सुन्दर मञ्च तथा प्रकाश परिकल्पना, सुरेश कार्की, रामशरण रेग्मीको मञ्च निर्माण, राजेन्द्र भट्ट र अमुल श्रेष्ठको प्रकाश तथा संगीत परिचालन रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell