PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

नक्कली जग्गाधनी बनेर तीन बिघा जग्गा बेच्ने गिरोहका तीन जना पक्राउ



पहिलोपोस्ट

काठमाडौं : नक्कली जग्गाधनी बन्नी ३ बिघा जग्गा बिक्री गर्ने संगठित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
 
गिरोहमा संलग्न मोरङ इटहराका ४८ वर्षीय देवेन्द्र थापा, झापा गौरीगन्जका ४६ वर्षीय नगेन्द्र, खोटाङका ३४ वर्षीय मीनबहादुर भट्टराई रहेका छन्। अरु फरारको खोजी भइरहेको नेपाल प्रहरी केन्द्रीय अनुसन्धा ब्युरोकी प्रवक्ता मीरा चौधरीले बताइन्।
 
चितवन भण्डारा गाविस-२ बस्ने लोकेन्द्रराज पाठकको नाममा भण्डारामै रहेको ३ बिघा १ कठ्ठा ५ धुर जग्गा प्रतिवादी देवेन्द्र थापासमेतको गिरोहले कीर्ते गरी ७ वर्षअघि नै बिक्री गरेका थिए। डिल्लीबजार तथा चितवन मालपोत कार्यालयका कर्मचारीसँगको मिलेमतोमा २०६६ फागुन २८ गते जग्गाको मूल्य एक लाख राखी बिक्री गरिएको थियो। कीर्ते कागजमा बिक्री गर्ने लोकेन्द्रराज पाठक र खरीद गर्ने जीवनराज उल्लेख गरिएको थियो। पछि जीवनराजले सोही जग्गा मकवानपुरको नेचुरल फ्लावर एन्ड हर्वल प्रालिलाई ४९ लाख ५० हजरामा बिक्री गरी ठगी गरेका थिए। सोही जग्गा धितो राखी प्रालिले हिमालय बैंकबाट ५ करोड कर्जा लिएको थियो।
 
आफ्नो जग्गा कीर्ते गरी बेचबिखन भएको थाहा पाएपछि पीडितले जग्गा फिर्ता पाउनका लागि चितवन जिल्ला अदालतमा उजुरी दिएका थिए। अदालतमा मुद्दा विचाराधीन छ। यस्तै उनले महानगरी प्रहरी परिसर अपराध महाशाखा काठमाडौं तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिएका थिए। सोही आधारमा प्रहरीले खोजी गरी गिरोहमा संलग्नलाई पक्राउ गरेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell