PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

प्रतिपक्षीको अवरोधपछि संसद बैठक स्थगित, आजै ४ बजे पुन: बस्ने



पहिलोपोस्ट

प्रतिपक्षीको अवरोधपछि संसद बैठक स्थगित, आजै ४ बजे पुन: बस्ने

काठमाडौं : संसद बैठक दिउँसो ४ बजेसम्मका लागि स्थगित भएको छ। संविधान संशोधन विधेयकमा असहमत प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायत अन्य प्रतिपक्षको अवरोधका कारण सभामुख ओनसरी घर्तीले बैठक ४ बजेसम्मका लागि स्थगित गरेकी हुन्।
 
पटकपटक बस्नका लागि आग्रह गरे पनि अवरोधका लागि उभिएका प्रतिपक्षी सांसदहरुलाई सभामुखले १० मिनेट उभ्याइन्। सधैं अवरोध गर्नु राम्रो नभएको भन्दै सभामुखले संविधान कार्यान्वयनको दायित्व एमाले सहित विपक्षी पार्टीहरुको समेत रहेको भन्दै फकाएकी थिइन्। 'सदनमा निर्वाचन लगायतका विधेयक बाँकी नै छन्। २०७४ माघसम्म तीन वटा निर्वाचन गराउनुछ,' उनले भनिन्, 'विगतका कामकारबाहीलाई हेरेर पनि संसद अवरोध गर्नु राम्रो होइन।'

एक महिनाभन्दा बढी संसद अवरोधको अवस्था सिर्जना भएपछि सभामुख घर्तीले दलहरुलाई सहमतिका लागि चार दिनको अल्टिमेटम दिएकी थिइन्। उक्त अवधिमा सहमति नजुटे बैठक एकै दिनमा एक पटकभन्दा बढी राखिने उनले यसअघि नै बताएकी थिइन्।

मंसिर १४ गते संविधान संशोधन दर्ता भएपछि १६ गते यता लगातार संसद बैठकमा अवरोध गर्दै आएका प्रतिपक्षी गठबन्धनका ९ दलका सचेतकको आइतबार बसेको बैठकले वेल घेराउदेखि बहिष्कारसम्मको कार्यक्रमबारे छलफल गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell