
काठमाडौं : चौथो साफ महिला च्याम्पियनसिपको फाइनल प्रवेशका लागि नेपाल र आयोजक भारत पहिलो सेमिफाइनलमा भिडिरहेका छन्।
सिलगुढीस्थित कञ्चनजंगा स्टेडियममा भइरहेको खेलको दोस्रो हाफ सकिँदा नेपाल २-१ ले पछि परेको छ।
भारतका लागि पहिलो हाफको अन्तिम समयमा कमला देवीले गोल गर्दै अग्रता दिलाइन्।
.....................................
यसअघिका तीन संस्करणमा फाइनलमा मात्र भिडेका नेपाल र भारत साफ च्याम्पियनसिपमा पहिलो पटक सेमिफाइनलमा आमने सामने हुन लागेका हुन्।
तीनवटै संस्करणमा नेपाललाई हराउँदै भारतले उपाधि जित्दा नेपाल भने लगातार उपविजेतामै चित्त बुझाउन बाध्य भयो। त्यसैले बदला लिँदै नेपाल यो पटक फाइनल पुग्ने योजनाका साथ मैदान उत्रँदैछ।
नेपाल समूह ए को विजेता तथा भारत समूह बी को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो।
दोस्रो सेमिफाइनलमा सोमबारै बंगलादेश र माल्दिभ्स पनि भिड्दैछन्।
नेपाल : एन्जिला, हिरा, पुनम, गिता, मनमाया, दीपा राई, रेनुका(कप्तान), मन्जली, सरु, अनिता, सावित्रा
भारत : अदिती चौहान, उमावती, ए देवी, मनिषा, प्रेमी देवी, कमला देवी, बाला देवी(कप्तान), सस्मिता, दङमेइ, इन्दुमा, डालिमा