PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

सहपात्रहरुको खोजी गर्दै 'ग्याङ्गस्टर ब्लुज'



पहिलोपोस्ट

सहपात्रहरुको खोजी गर्दै 'ग्याङ्गस्टर ब्लुज'

काठमाडौं: फागुनबाट छायांकन सुरु हुने भनिएको फिल्म 'ग्याङ्गस्टर ब्लुजको' लिड कलाकार फाइनल भएका छन्। फिल्म घोषणा गर्दा फाइनल भएका केही विषयहरुमा भने परिवर्तन भएको छ।

फिल्म घोषणा गर्दा फिल्म युनिटले फिल्मका मुख्य कलाकारमा आशिरमान देशराज जोशी, आना शर्मा र गौरव पहारीलाई मुख्य कलाकारको रुपमा चिनाएको थियो। तर अहिले फिल्मबाट गौरव आउट भइसकेका छन्। फिल्ममा उनी भिलेनको भूमिकामा देखिँदै थिए। अब उनको चरित्र निभाउँदै छन् कलाकार नाजिर हुसेनले।

फिल्मका लागि अन्य दुई मुख्य कलाकार रोजिशा शाही र संयम पुरी चयन भए। फिल्ममा रोजिशा तारा पात्रको भूमिकामा देखिँदै छिन्। त्यस्तै संयमको भूमिकाबारे बताइएको छैन। चाहिएको पात्रमा संयम फिट भएको कारण उनलाई अनुबन्धित गरेको निर्माता सरोज न्यौपानेले बताए।

फिल्मले सहपात्रको लागि भने अडिशन गर्ने भएको हो। फिल्म युनिटले सहकलाकार चयनका लागि पुस २५ गते मण्डला थियटरमा अडिशन लिने छ। निर्देशक हेमराज बिसीले फिल्म माघबाट फ्लोरमा जाने बताएका थिए। तर कलाकार फाइनल नहुनाले फागुनदेखि मात्र सुटिङ सुरु हुने भएको हो।

ग्याङ्गस्टर ब्लुज अर्को वर्ष भदौ २४ गतेबाट प्रदर्शनमा ल्याउने निर्माण युनिटले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell