PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

निर्वाचनका सवालमा धम्की आए तत्काल सरकार छाड्नुपर्छ : बिजुक्छे



पहिलोपोस्ट

निर्वाचनका सवालमा धम्की आए तत्काल सरकार छाड्नुपर्छ : बिजुक्छे

भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले निर्वाचनका सवालमा कुनै पक्षबाट धम्की आए तत्कालै सरकार छाड्नुपर्ने बताएका छन्।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेले सार्वभौम सरकारले भित्री वा बाहिरी पक्षको धम्कीका कारण निर्वाचनलाई पर धकेल्न नहुने बताए।
 
मधेसी मोर्चाबिना नै निर्वाचन सम्भव रहेको भन्दै बिजुक्छेले तत्काल निर्वाचन सम्भव भएको स्थानमा निर्वाचन गर्ने र बाँकी रहेका स्थानमा पछि निर्वाचन गर्न सकिने तर्क गरे।
 
संसद्मा संशोधन विधेयक फिर्ता नलिए सरकारको आयु सकिने भन्दै संसद्बाटै निर्वाचनसम्बन्धी विधेयक पास गरी तोकिएकै समयमा सम्भव भएका स्थानमा निर्वाचन हुने बताए। निर्वाचनअघि नै सत्ता समीकरण बदल्न सक्ने अवस्था हिजो पनि रहेको र आज पनि रहेको भन्दै नेता बिजुक्छेले माओवादीकै कारण एमाले र कांग्रेसको समीकरणमा नयाँ सरकार बन्ने टिप्पणी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell