PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

शान्ति स्तूप बनाउन पूर्वमन्त्री सिंहबाट संसद कोषको ४७ लाख सहयोग



पहिलोपोस्ट

जुम्ला : पूर्व खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहले आफ्नो संसद् विकास कोषको रु ४७ लाख डुडुल चैत्य विश्व शान्ति स्तूप निर्माणका लागि सहयोग गरेका छन्।
 
समाजवादी जनता पार्टी नेपालका अध्यक्षसमेत रहेका पूर्वमन्त्री सिंहले द हिमालयन पिस एसोसिएसनको पहलमा चन्दननाथ नगरपालिका–७ सिंगाचौर गाउँमा रु ६ करोडको लागतमा निर्माणाधीन शान्ति स्तूपका लागि सहयोग गरेका हुन्।

राष्ट्रिय योजना आयोग, पर्यटन बोर्डले स्तूप निर्माणका लागि पर्याप्त बजेट विनियोजन नगरेको तर स्तूपलाई अविलम्ब सम्पन्न गर्नुपर्ने आवश्यकता खट्केकाले आफ्नो संसद् विकास कोषको रु ४७ लाख सात हजार ५०० प्रदान गरेको मन्त्री सिंहले बताए।
 
सोही स्तूप निर्माणका लागि पूर्व संस्कृति पर्यटन राज्यमन्त्री बलबहादुर महतले रु २० लाख र ललितजङ्ग शाहीले रु एक लाख प्रदान गरेको स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासेले जानकारी दिए। रासस
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell