झारखण्ड (भारत) : पूर्वी भारतीय राज्य झारखण्डमा अवस्थित एक कोइलाखानीमा भत्किँदा भएको घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १७ पुगेको छ।
बेपत्ता भएका व्यक्तिहरु मध्ये ६ जनाको शव निकालेपछि सो सङ्ख्या १७ पुगेको र अझै बेपत्ता रहेका ६ जना कामदारको उद्धारकार्य जारी रहेको पनि बताइएको छ।
घटनामा मारिने व्यक्तिको सङ्ख्या २३ पुग्ने आशङ्का गरिएको झारखण्डका प्रहरी प्रवक्ता आरके मल्लिकले जानकारी दिए। गत बिहीबार राति सो घटना भएको थियो।
सन् २०१५ मा भारतमा अवस्थित विभिन्न खानीहरुमा भएका दुर्घटनाहरुमा ३८ व्यक्तिको मृत्यु भएको थियो।
भारत कोइला उत्पादनको लागि विश्वमा नै तेस्रो स्थानमा पर्ने राष्ट्रको रूपमा रहेको छ। आफ्नो देशमा आवश्यक रहेको कोइलाको ६० प्रतिशत भारतको उत्पादनले पुग्ने बताइन्छ।रासस/एएफपी