PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

संसदको आजको दोस्रो बैठक पनि स्थगित, भोलि दिउँसो पुन: डाकियो



पहिलोपोस्ट

संसदको आजको दोस्रो बैठक पनि स्थगित, भोलि दिउँसो पुन: डाकियो

काठमाडौं : सभामुख ओनसरी घर्तीले आजै दोस्रो पटक दिउँसो ४ बजेका लागि संसद बैठक राखे पनि ४ बज्नुअगावै सूचना टाँस गरी स्थगित गरिएको छ। अबको बैठक भोलि मंगलबार दिउँसो १ बजे बस्नेछ।
 
भोलि संसद बैठक बस्नुअघि सभामुखले ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी छिन्। सोही बैठकमा शीर्ष नेताहरुलाई पनि डाकिएको छ।
 
संविधान संशोधन विधेयकमा असहमत प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायत अन्य प्रतिपक्षको अवरोधका कारण आज दिउँसो १ बजेको बैठक चल्न सकेन र सभामुख घर्तीले दिउँसो ४ बजेसम्मका लागि स्थगित गरेकी थिइन्।
 
एक महिनाभन्दा बढी संसद अवरोधको अवस्था सिर्जना भएपछि सभामुख घर्तीले दलहरुलाई सहमतिका लागि चार दिनको अल्टिमेटम दिएकी थिइन्। उक्त अवधिमा सहमति नजुटे बैठक एकै दिनमा एक पटकभन्दा बढी राखिने उनले यसअघि नै बताएकी थिइन्।
 
मंसिर १४ गते संविधान संशोधन दर्ता भएपछि १६ गते यता प्रतिपक्षी गठबन्धनका ९ दलले लगातार संसद बैठकमा अवरोध गर्दै आएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell