PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

लागुऔषधमा जेल परेका श्रीमानको जरिवाना तिर्न श्रीमती बनिन् लागुऔषध कारोबारी



सविन ढकाल

लागुऔषधमा जेल परेका श्रीमानको जरिवाना तिर्न श्रीमती बनिन् लागुऔषध कारोबारी

काठमाडौं : श्रीमानमाथि आइलागेको संकट टार्न श्रीमती केसम्म गर्न सक्लान्? अनुमान गरिहेर्नुस् त!
 
 यहाँ यस्ती श्रीमती फेला परिन्, जो श्रीमानमाथि लागेको जरिवाना भुक्तानी गर्न लागुऔषध कारोबारी बनिन्।
 
घटना ललितपुर लेले गाविस-२ घर भई काठमाडौंको जोरपाटी बस्ने विमला थापाको हो। उनकाे श्रीमान् मन्सुर हुसेन लागुऔषध कारोबारमा पक्राउ परेर जेलमा छन्। उनलाई अदालतले ताेकेको ३ वर्ष कैद कट्न लाग्यो तर जरिवाना ताेकेको २ लाख उनीसँग थिएन । त्यही जरिवाना रकम जुटाउन उनी आफै लागुऔष कारोबारी बनिन्। र प्रहरी  हिरासतमा पुगिन्।

लागुऔषध नियन्त्रण ब्युरोले उनलाई बुप्रेनफिन २९ एम्पुल र डाइजेपाम ३९ सहित बिहीबार पक्राउ गर्‍यो।
 
ब्युरोका प्रमुख डिआइजी जयबहादुर चन्दका अनुसार थापाले बयानमा आफ्नो आर्थिक अवस्था कमजोर भएको र कैद भुक्तान गरिरहेका श्रीमानलाई अदालतले ताकेको जरिवाना तिर्ने पैसा जम्मा गर्न लागुऔषध कारोबार गरेको बताएकी छिन्।

प्रहरी रेकर्ड अनुसार विमलाका श्रीमान् हुसेन २०७२  भदौ १६ गते टेकुस्थित माली पेट्रोल पम्पबाट ब्युरोको टोलीले लागुऔषध सहित पक्राउ गरेको थियो। उनलाई काठमाडौँ जिल्ला अदालतले ३ वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना सुनाएको थियो। हुसेन अहिले काठमाडौंको केन्द्रीय कारागार सुन्धारमा छन्।
 
 उनले भारत बस्ने १८ वर्षीय विक्कीकुमार सिंह र १७ वर्षीय संजितकुमार सिंहलाई काममा प्रयोग गरेको देखिएको छ। प्रहरीले विमलाका सहयोगी दुईलाई पनि पक्राउ गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell