
काठमाडौं : एक बालकको अनौठो उजुरीले भारत हैदरावादको एरआर नगर प्रहरी चौकीका प्रहरी समस्यामा परे। खुंखार अपराधीविरुद्ध उजुरी आउने चौकीमा ती बालक आफ्नै हजुरआमा विरुद्ध उजुरी बोकेर आएका थिए।
उजुरीको कारण थियो- खेल्न नदिनु।
ती बालक सरासर चौकीमा आएर हेड कन्सटेवललाई खोजे। एक बालकले खोजी गरे लगत्तै चौकीका हेडकन्सटेवल उनको सामु हाजिर भए। आफ्नी हजुरआमाले खेल्न नदिएर यातना दिएको भन्दै उनीविरुद्ध उजुरी दिन आएको बताएपछि प्रहरी अलमलमा परे।
खेल्न नदिएर यातना दिएको भन्दै उजुरीकर्ता नै प्रहरी स्टेशनमा आएपछि उजुरी त लिनैपर्यो। प्रहरीले ती बालकको उजुरी लिए र उनको अभिभावकको खोजी गरेर छलफलका लागि प्रहरी चौकीमा बोलाए।
छोराले हजुरआमाविरुद्ध उजुरी दिएको सूचना पाएर ती बालकका आमाबाबु छक्क पर्दै प्रहरी चौकी पुगे। अभिभावकलाई प्रहरीले परामर्श दियो। उनको बाबुले छोराले टेलिफिल्म हेर्ने र त्यसैबाट सिकेर प्रहरीमा उजुरी दिन आएको बताए।
जबसम्म उजुरीकर्ताले उजुरी फिर्ता लिन्न तबसम्म केस सकिनेवाला थिएन। ती बालकले उजुरी फिर्ता नलिए उनकै हजुरआमा विरुद्ध बालबालिकालाई यातना दिएको केस दर्ता गरेर अनुसन्धान अगाडि बढाउनुपर्ने हुन्थ्यो।
केस त्यतातिर अगाडि भने बढेन। जब प्रहरीले उजुरीकर्ता बालकलाई चकलेट दिएर हजुरआमाले खेल्न दिने बताएपछि उनी उजुरी फिर्ता लिन जारी भए र अभिभावकसँग घर फर्किएको इन्डिया टुेडेले लेखेको छ।