काठमाडौं : पहिलो पटक महिला टोलीको प्रशिक्षण सम्हालेपछि कुमार थापा नेपाललाई चौथो साफ महिला च्याम्पियनसिपको उपाधि दिलाउने लक्ष्यसहित भारतको सिलगुढी पुगेका थिए। समूह चरणको तीन खेलमा नेपालले त्यसको छनक पनि देखाएको थियो। तर सेमिफाइनलमा भारतसँग भिड्ने अवस्था आएपछि नेपाललाई चुनौती थपियो।
फेरी एकपटक भारत बाधक बन्दा नेपाल सेमिफाइनलबाट अगाडी बढ्न सकेन। नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुग्न असफल भयो।
नेपाल भारतसँग सेमिफाइनलमै ३-१ ले पराजित हुँदै पहिलो पटक फाइनल पुग्न समेत असफल भयो। नेपालले अहिलेसम्म कुनै फुटबल प्रतियोगितामा भारतलाई हराउन सकेको छैन। भारतसँग कञ्चजंगा स्टेडियममा हारे पनि पूर्व राष्ट्रिय खेलाडी समेत रहेका प्रशिक्षक थापाले भारतसँग हारे पनि आफुहरुले च्याम्पियनकै शैलीमा खेल खेलेको प्रतिक्रिया दिए।
तर रेफ्रिको निर्णयप्रति भने उनले गुनासो गरे। 'हामीले ३ पेनाल्टी पाउनुपर्ने थियो, जुन रेफ्रिले दिएन्। म मात्र होइन अर्को टीमको प्रशिक्षक पनि रेफ्रिको निर्णयमा सन्तुष्ट छैनन्। हामीले राम्रो खेल खेल्यौं' थापाले भने।
नेपालले आफ्नो टार्गेट भेट्टाउन नसके पनि यसबाट सकरात्मक रुपमा अगाडी बढ्न सकिने उनले बताए। 'हामी च्याम्पियन बन्न सकेनौं तर त्यस्तै शैलीमा खेल्यौं।'
उनले यही खेललाई फाइनल सरह लिएको भए पनि एक टीम मात्र फाइनलमा पुग्न सक्ने भएकोले आफुहरु अनलक्की रहेको बताए।
थापाले प्रशिक्षण सम्हाले यता नेपाल महिलाले टीमले हार बेहोरेको यो पहिलो पटक हो।
दुई साता अघि घरेलु मैदानमा मलेसिया विरुद्धको मैपत्रीपूर्ण खेलमा जित हात पार्दै प्रशिक्षकमा डेब्यु गरेका थिए। त्यसयता नेपालले चौथो साफ च्याम्पियनमै भुटान, माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको थियो।
(फाइल फोटो)