PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

हेटौंडा आमन्त्रण गोल्डकप : भुटानको ड्रुक स्टारलाई हराउँदै संकटा क्वाटरफाइनल



पहिलोपोस्ट

हेटौंडा आमन्त्रण गोल्डकप : भुटानको ड्रुक स्टारलाई हराउँदै संकटा क्वाटरफाइनल

हैटौंडा : काठमाडौंको संकटा क्लब हेटौंडामा जारी टुबोर्ग अन्तराष्ट्रिय हेटौंडा आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

भूकम्पमा निधन भएका मकवानपुरे खेलपत्रकार सुमन भोम्जनको स्मृतिमा गठन भएको प्रतिष्ठानको आयोजना भएको प्रतियोगिता अन्तर्गत आज भएको खेलमा संकटाले भुटानको ड्रुक स्टार एफसीलाई १–० ले पराजित गरेको हो। संकटाले सेमिफाइनल प्रवेशका लागि अब विभागीय क्लब नेपाल आर्मीसँग प्रतिस्पर्धा गर्नेछ।

संकटालाई जित दिलाउन ८४ औं मिनेटमा अनिल गुरुङले निर्णायक गोल गरे। विजयी गोल गरेका अनिल नै खेलको 'म्यान अफ दि म्याच' घोषित हुँदै भए।

संकटाका प्रशिक्षक शैलेश कर्मचार्यले सिनियर खेलाडिको अभावका कारण सोचेजस्तो खेल्न नसकेको बताए। भुटानको टिम पनि ससक्त रहेकोले कठिन जित निकालेको उनको भनाई थियो। यता भुटानी टीमका प्रशिक्षक कोता नाम्गेले पनि आफ्ना सिनियर खेलाडी नभएककै कारण पराजित भएको प्रतिक्रिया दिए।

प्रतियोगिताअन्तर्गत मंगलबार पोखराको सहारा क्लब र दिल्ली युनाइटेड क्लब भारतबिच प्रतिस्पर्धा हुनेछ। सहारा नेपाल पुलिस क्लबलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो भने दिल्लीले सोझै क्वाटरफाइनल खेल्न लागेको हो। 

हेटौंडा–१० स्थित कृषि तथा वनविज्ञान अध्ययन संस्थान (फरेष्ट्री) को खेल मैदानमा भएको प्रतियोगितामा २ विदेशीसहित १० क्लबको सहभागी रहेको छ। 

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। यस्तै सर्बोत्कृट खेलाडिले ३० हजार, उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर तथा फरवार्ड प्रत्येक नगद १५/१५ हजार पाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell