PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

​भारतमा भएको जीप दुर्घटनामा पाँच वर्षिय बालक सहित ४ नेपालीको ज्यान गयो



पहिलोपोस्ट

​भारतमा भएको जीप दुर्घटनामा पाँच वर्षिय बालक सहित ४ नेपालीको ज्यान गयो

बैतडी : भारतको उत्तराखण्डमा जीप दुर्घटना हुँदा चार नेपालीसहित छ जनाको मृत्यु भएको छ । दुर्घटनामा एकै परिवारका ४ जना नेपालीले ज्यान गुमाएका हुन्।

दुर्घटनामा बैतडी शर्माली– २ डोवराका गोमादेवी साउद, गोविन्दसिंह साउद, वासुसिंह साउद र वासुका पाँच वर्षीय नाति रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए।

दुर्घटनामा साउद परिवारका चार सदस्य घाइते भएका छन् । उनीहरुको नाम खुल्न नसकेको र भारतकै स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बैतडीको शर्माली घर भएका उनीहरु कञ्चनपुरबाट भारतको बाटो हुँदै घर फर्किरहेका बताइएको छ । भारतको उत्तराखण्डअन्तर्गत लुहाघाटबाट सुगरखालतर्फ आइरहेको जीप आइतबार अपराह्न मणिलेक नजिकै दुर्घटनामा परे पनि आज मात्रै खबर आइपुगेको हो । दुर्घटनामा दुई भारतीयको पनि ज्यान गएको बताइएको छ । रासस 

प्रतिकात्मक तस्विर: www.icicilombard.com



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell